२२ एमाले सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । यससँगै देउवाले १६५ मत पाए । एमालेको १२१ सांसद भएपनि विपक्षमा ८३ मत मात्र परेको छ । एक जना भने तटस्थ बसेका छन् ।

देउवालाई मत दिनमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।

त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पा कुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिंदा नेकपा एमालेका १८ सांसद अनुपस्थित भए । उनीहरु मध्ये कतिपय मतदानको समयमा प्रतिनिधि सभा बैठक छाडेर निस्किएका हुन् ।

मतदान बहिष्कार गर्नेहरुमा अधिकांश एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु छन् । उनीहरुले पार्टी को दुवै पक्षको उच्च नेतृत्वलाई दबाब दिने भन्दै मतदानमा अनुपस्थित जनाएका हुन् ।

एमालेको माधव नेपाल पक्षका नेता पूर्वप्रधान मन्त्री झलनाथ खनाल स्वास्थ्योपचारका क्रममा नयाँ दिल्लीमा रहेकाले अनुपस्थित रहे । माधव नेपाल पक्षमा पुगेका बामदेव गौतमकी पत्नी सांसद तुलसा थापा जापानमा भएकाले अनुपस्थित भइन् । उनी टोकियो ओलम्पिकमा पदाधिकारीका रुपमा पुगेकी हुन् ।

यसैगरी एमालेका नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई, दिपकप्रकाश भट्ट, झपट रावललगायत सांसदहरु पनि मतदानमा अनुपस्थित भएका थिए ।

आलेले उक्त बैठकको निर्णय उल्लंघन गरिदिए । आइतबार राति भएको मतदानमा उनले वरिष्ठ नेता माधवकुमार नेपालसहितका सांसदसँगै ‘फ्लोर क्रस’ गरे र देउवाका पक्षमा विश्वासको मत दिए। उनीसँगै ओली पक्षका अरू ८ सांसदले पनि देउवालाई विश्वासको मत दिए।

सोमबार बिहान एक मिडियाले सांसद आलेलाई तपाईंले किन ओलीको साथ छोड्नु भयो भनेर सोधेको थियो। जवाफमा आलेले यसबारे आफूले अहिले कुनै प्रतिक्रिया नदिने बताए। ‘म अहिले यसबारेमा केही बोल्दिनँ। दुई-चार दिनपछि भन्छु,’ उनले भने।

आलेले मुखै खोलेर नभने पनि ओलीले आफूलाई मन्त्री बाट हटाएपछि नै उनी असन्तुष्ट थिए। निकटस्थहरूका अनुसार पाँच महिनामै ओलीले आफूलाई अपमानजनक तरिकाले मन्त्रीबाट हटाएको असन्तोष आलेलाई छ। त्यही भएर उनी पछिल्लो समय वरिष्ठ नेता नेपालसँग नजि किएका थिए।

स्रोतहरूका अनुसार नेपालसहितका एमाले सांसदहरूको समर्थनमा देउवा प्रधानमन्त्री बनेपछि आले उनलाई भेट्न बुढानिलकण्ठ नै पुगेका थिए। यद्यपी उनले यो कुरा स्वीकारेका छैनन्। साझा नेपाल बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News