‘काठमाडौं । नायक पुष्प खड्काले ७० लाखमा क्रेटाको गाडी खरिद गरेका छन् ।पुष्पले सेतो रंगको कार खरिद गरेका हुन् । कोरोनाको महामारीको कारण चलचित्रको काम ठप्प भएपनि उनी म्यूजिक भिडियोमा व्यस्त छन् ।’

‘उनले चलचित्र क्षेत्रमा काम गरेरै कैलालीमा घर समेत बनाइसकेका छन् ।म्यूजिक भिडियो हुँदै चलचित्र  मा आएका पुष्पले सुरुवाती दिनमा लचित्रमा सफल हात पार्न सकेनन् । उनलाई चलचित्र ‘मंगलम’ले बदलि दियो ।’

‘यो चलचित्रमा अभिनय गरेपछि उनलाई पछाडि फर्किएर हेर्नु नपरेको जनाइएको छ । पुष्पले अभिनय गरेका ‘तिम्रो मेरो साथ, मनसँग मन, कृष्णलीला’ रिलिजको क्रममा छन् ।’

‘यो पनि,,२० वर्षपछि नेपालमा सिंगापुर एयरलाइन्सको नियमित उडान ४ साउन, काठमाडौं । सिंगापुर एयर र सिल्क एयर एक आपसमा गाभिएसँगै अब सिंगापुर एयरलाइन्स ले सिल्क एयरका गन्तब्यमा समेत सेवा विस्तार गर्ने भएको छ ।सोही सिलसिलामा आइतबार नेपालमा करिब २० वर्षपछि सिंगापुर जहाज अवतरण गर्‍यो ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार सिंगापुरको राष्ट्रिय ध्वजाबाहक सिंगापुर एयरलाइन्सले सिल्क एयरलाई आफुसँगै गाभेको छ । यससँगै अब सिंगापुर एयरलाइन्सले नेपालमा उडान थालेको हो ।

विगतमा सिंगापुर एयरलाइन्स काठमाडौं आउने गरेको थियो । पछि बजेट एयरलाइन्सका रुपमा सिल्क भित्रिएपछि सिंगापुरले उडान रोकेको थियो ।

प्राधिकरणका अनुसार सिंगापुरले हरेक साता आइतबार एक उडान गर्ने गरी उडान अनुमति पाएको छ । आइतबार एक सय ९ यात्रुसहित काठमाडौं आएको जहाजलाई त्रिभुवन विमानस्थलमा स्वागत गरिएको थियो ।

यो जहाजले नेपालबाट ४ जना यात्रु लिएर फर्किएको छ । अहिले सिंगापुरले नेपाली तथा विदेशी यात्रुलाई नेपालबाट सो मुलुक जान रोक लगाएको छ ।

तर, सिंगापुरबाट भने यात्रु नेपाल आउन पाउँछन् । यी चार जना समेत सिंगापुरबाट अनुमति प्राप्त डिप्लोम्याट मात्र थिए ।अनलाइन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News