नायिका  आँचल   शर्मा   म्यूजिक   भिडियोमा   काम  गर्दै चलचित्रमा  आएकी   हुन् ।  उनको  करिअर   अहिले पनि चलचित्र  भन्दा   म्यूजिक  भिडियोमा  नै सफल मानिन्छ । आँचलले  अभिनय  गरेका  म्यूजिक  भिडियोलाई दर्शकले रुचाएका पनि छन् ।भिडियोमा थुप्रै मोडलसँग काम गरेकी आँचल आफ्ना

श्रीमान् उदिप  श्रेष्ठसँग एउटा भिडियोमा भएपनि काम गर्ने रहर रहेको  बताउँछिन् ।हिमालय टीभी एचडीबाट प्रशारण हुने  कार्यक्रम ‘ जीवनसाथी’मा    कार्यक्रम    संचालिकमा माल्भिका  सुब्बासँग  कुरा  गर्दै  आँचलले आफूलाई उदिप सँग एउटा भिडियो खेल्न मन लागेको खुलाएकी छिन् ।

आँचल  भन्छिन्–‘ उदिपजीसँग एउटा भिडियोमा काम गर्ने रहर छ । मलाई लाग्छ यो हाम्रो जीवनका लागि पनि एउटा यादगर पल हुनेछ ।’ तर, अहिलेसम्म उदिप भने आँचलको यो प्रस्तावमा  काम  गर्न  तयार  भने छैनन् ।उदिपले आफू लाई अभिनय गर्न खासै नआउने बताए ।

उदिप र आँचल एकसाथ चलचित्र निर्माण भने गर्न चाहेको बताउँछन् ।डेढ  बर्ष  अगाडि बिहे गरेका आँचल र उदिपले परिवारसँग  कुरा  गरेपछि   मात्र   बिहेको  निर्णय  लिएको बताए । यो बिषयमा आँचलले  भनिन्–‘मैले  उदिपजीलाई हाम्रो सम्बन्ध लामो समयसम्म अगाडि बढ्ने हो

भने  मात्र  सम्बन्धलाई  अगाडि  बढाऔं,  नत्र समय वर्वाद हुन्छ भनेको थिएँ ।  दुबैको  परिवारले  सहमती जनाएपछि हामी गम्भिर रुपले सम्बन्धमा अगाडि बढेका हौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News