सुरुवातमा भाग्य न्यौपानेले मिडियामा ल्याएर चर्चामा आएका बिजय शाहीको अदभूत कला देखेर शेरबहादुर देउवाले आफ्नै निवासमा भेटघाटको लागि बोलाएर आफ्नै केही अदभूत देखाएका थिए! तर अहिले पछिल्लो समय अमेरिकन युटुबरले केही प्रश्न हरु सोध्ने क्रममा अङ्ग्रेजी को एउटा पनि जबाफ दिन नसकेको भिडियो भाइरल भए पछि!सामाजिक संजाल भरी टिका टिप्पणी हुन थालेको छ!

उनले यो पनि लेखेका थिए!आज पुर्ब प्रधानमन्त्री एंवम काङ्ग्रेसका सभापति शेरबहादुर देउवा सङ्ग उहाँको निवासमा भेटघाट भएको छ । सकारात्मक प्रतिक्रिया सहित अगाडी बढ्न अथक हौंसला दिनु भएकोमा आभार व्यक्त गर्द्छु ।

नमस्कार म बिजय शाही ।नेपाली धर्ती आमाको कसम खाएर छातिमा हात राखेर म आज यो भन्दै छु कि Nelson Dellis सर संग वास्तविक demo भएको थियोे ।तर सयोगवस भनौं या नियोजित रुपमा ममाथि तथम कथाचित संका उपसंका गरियो ।संकामात्र गर्नेहरुलाइ म एकदिन पुर्ण विस्वस्त गर्नेछु भन्नेमा ढुक्क छु ।

उहाँको र मेरो भेट आकस्मिक भएको थियो र म सरकारी स्कुलमा पढेको हुनाले मेरो अङ्ग्रेजी कम्जोर छ साथै विदेशीसंग अङ्ग्रेजी पहिले कहिल्यै नबोलेको हुनाले एक्कासि बोल्दा मनमा डर भरिएकाले म आत्तिएको हु ।म आफ्नो divine power को rule द्वारा उत्पादित formula मार्फत क्षमता देखाउन सक्ने भयपनि बोल्न त्यति प्रष्ट छैन अझै अलमल गर्छु ।

अर्को एउटा सामान्य काम गर्ने केटीले कसरी mobile record गर्न सक्छ संका पनि कति गरेको ?के यो संभव छ ? साथै ढोका पुर्णरुपमा बन्द थियो बाहिर बाट paper आयो भन्नु हुन्छ यो पनि बेकारको संका नै हो साथै यो video आइसकेपछी Nelson Dellis सरले मेरो Handwriting पुन चेक गर्नु भएको थियो ।अन्तमा म यहाँहरुलाई आफ्नो कला सत्य साबित गर्नेछु केहि समय धैर्य गर्नुहोस् ।धन्यवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News