५ साउन,  काठमाडौं ।  जनता  समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले  संविधान  संशोधन र रेशम चौधरी लगायतका नेता कार्यकर्ताको रि’हाइको माग सम्बोधन गर्न सरकारको  ध्यानाकर्षण  गराएको  छ ।३ साउन मा प्रधान मन्त्री शेरबहादुर  देउवाले  प्रतिनिधिसभामा विश्वासको मत लिँदा ठाकुर पक्षले पनि मत दिएको थियो ।

आफ्नो  माग  सम्बोधन  गर्ने प्रतिबद्धता जनाएपछि प्रधान मन्त्रीलाई  विश्वासको  मत   दिए  को भन्दै   ठाकुर पक्षको कार्यकारिणी   समिति   बैठकले   भनेको  छ,   मुद्दाहरुको सम्बोधनार्थ प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने ।’यो पक्ष ले संविधान संशोधन, मु’द्दा फिर्ता र कार्यकर्ताको रिहाइका साथै लाल आयोगको

प्रतिवेदन  सार्वजनिक गर्नुपर्ने, नागरिकतासम्बन्धी समस्या समाधान गर्नुपर्ने, स्थानीय  तहहरुको जनसंख्याका आधार मा पुनस्र्थापना गर्नुपर्ने माग  पनि  अघि  सारेको  छ । एक केन्द्रीय सदस्यका  अनुसार बैठकमा नेताहरुले प्रधानमन्त्री देउवाले  मिलेर  काम  गरौं भनेपछि विश्वासको मत दिएको बताएका थिए ।

अब  सरकारमा  जाने  कि   नजाने भन्नेमा  भने नेताहरुको फरक–फरक  मत  आएको  छ । केहीले  सरकारमा  जान नहुने मत राखेका  छन् भने कतिपयले सरकारलाई समर्थन गरेपछि जस  अपज स बोल्नुपर्ने भएकाले सरकारमा जानु पर्ने मत राखेका  छन् ।तर  सत्तारुढ  कांग्रेस  र प्रधानमन्त्री बाट कुनै प्रस्ताव नआएकाले यसबारे कुनै  निर्णय नभएको एक नेताले बताए ।

कार्यकारिणी समितिको बैठकले केही मुद्दा फिर्ता, नागरिक ता  अध्यादेश  जारी,   संविधान   संशोधन  कार्यदल गठन लगायतका लागि  निवर्तमान  प्रधानमन्त्री केपी शर्मा ओली लाई धन्यवाद दिएको छ । साथै सबै  नेपालीलाई निःशुल्क खोप  व्यवस्था  गर्न, आर्थिक  राहत  प्याजेक ल्याउन तथा नेपाल  भारत  सीमामा   सहज    आवतजावतको   प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News