५ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेको वि’रोधमा युवा संघ नेपालका का’र्यकर्ताले काठमाडौंमा प्र’दर्शन गरेका छन् । उनीहरुले बाँदरजस्तो मुकुण्डो लगाएर नयाँ वानेश्वरमा प्र’दर्शन गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले वि’श्वासको मत लिँदा नेकपा एमालेका २२ सांसदले उनलाई मत दिएका थिए । त्यसको वि’रोधमा युवा संघले लगातार प्र’दर्शन गरिरहेको छ !

यो पनि: ५ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेका छन् । बिरामी रहेकी प्रचण्ड पत्नी सीता दाहाललाई भेट्न प्रधानमन्त्री देउवा प्रचण्ड निवास पुगेको बताइएको छ ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट सांसदहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुसँग नेता नेपालले छलफल गरेका हुन् । ३ साउनमा प्रधानमन्त्री देउवालाई नेता नेपालसहित २२ सांसदले विश्वासको मत दिएका थिए । तीमध्ये राजधानीमा उपलब्ध सांसदहरुसँग उनले छलफल गरेका हुन् ।

५ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले संविधान संशोधन र रेशम चौधरी लगायतका नेता कार्यकर्ताको रिहाइको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा ठाकुर पक्षले पनि मत दिएको थियो । आफ्नो माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भन्दै ठाकुर पक्षको कार्यकारिणी समिति बैठकले भनेको छ, मुद्दाहरुको सम्बोधनार्थ प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News