काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालपत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । मंगलबार दिउँसो खुमलटार पुगेर प्रधानमन्त्री देउवाले सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

देउवा प्रचण्डलाई भेट्न करिब पाँच बजे खुमलटारस्थित उहाँको निवास पुग्नुभएको हो । यसअघि मंगलबार बिहान नै माओवादी अध्यक्ष दाहालले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेट गर्नुभएको थियो ।

यो पनि:काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा उपचाररत नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालबीच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री ओलीले बिहीबार भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन वार्ता भएको जानकारी ओलीले ट्‍वीटमार्फत दिएका छन् ।

नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा मगलबार अपराह्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीतालाई भेट्न खुमलाटार पुगेका थिए ।त्यसक्रममा प्रचण्डले खनाललाई फोन गरेको र देउवालाई पनि सम्वाद गरेका हुन् । दुबैले खनालको स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटारस्थित उहाँको निवास पुग्नुभएको छ । प्रचण्डलाई भेट्न देउवा करिब पाँच बजे खुमलटार पुग्नुभएको हो । स्रोतका अनुसार खुमलटारमा दुई नेताहरुबीच वार्ता चलिरहेको छ ।

यसअघि मंगलबार बिहान नै माओवादी अध्यक्ष दाहालले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेट गर्नुभएको थियो । भेटमा सरकारमा सहभागीताको विषयलगायत विकसित पछिल्ला राजनीतिक घटनामाक्रमबारे छलफल भएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News