६ साउन,  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्र धानमन्त्री  शेरबहादुर देउवालाई विश्वासको मत दिने  २२  सांसदलाई  स्पष्टीकरण  पत्र  पठाएका छन् ।तर ओलीले स्पष्टीकरण सोध्नुको ठोस कारण खुलाएका छैनन् स्पष्टीकरण  पत्र   बुझेकी   प्रतिनिधिसभा   सदस्य  पार्वती विशुंखे भने

अध्यक्ष ओली नै का’र’बा’हीयोग्य  बन्दै  गएको  बताउँछिन् पार्टी  दलको  बैठक  नराखी  संसद विघटनको निर्णय गर्ने, संविधानले नदिएको  अधिकार प्रयोग गरी मुलुकमा संवैधा निक संकट निम्त्याउने  काम  केपी  ओलीबाट भएको छ,’ उनी भन्छिन्, ‘का’र’बाही  त  केपी  ओलीलाई  पो  गर्नुपर्छ अब ।’

अध्यक्ष  ओलीले  पार्टी  विधान समेत पालना नगरी अवैधा निक गतिविधि गरेको  उनको  भनाइ छ ।संविधानको धारा ७६(५)  ले  दिएको  अधिकार    प्रयोग   गरी   स्वविवेकीय अधिकार प्रयोग   गरी आफूले संविधान  र संसद बचाएको विशुंखेले बताइन् । स्पष्टीकरण  पत्रबारे  पनि नेताहरु बीच छलफल भइरहेको उनले बताइन् ।

यो पनि,, ६ साउन , काठमाडौं ।   नेकपा   एमालेका वरिष्ठ नेता  माधवकुमार  नेपाल  पार्टी  उपाध्यक्ष भीम रावललाई भेट्न उनको निवास  टोखा पुगेका छन् ।बुधबार आफूपक्षी य नेताहरुको  स्थायी  कमिटी  बैठकमा  रावल नआएपछि नेता नेपाल उनलाई भेट्न निवासमै पुगेका हुन् ।

३ साउनमा  प्रधानमन्त्री  शेरबहादुर   देउवालाई विश्वासको मत  दिने  वा  विपक्षमा  मतदान  गर्ने भन्नेमा कुरा नमिल्दा रावलले सांसदबाट  राजीनामा  दिएका  थिए ।पार्टी एकता को  दश  बुँदे  सहमति  जुटाएको   कार्यदलमा  रावल नेता नेपाल तर्फका संयोजक थिए ।साभार: अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News