काठमाडौं, ६ साउन । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफूहरुलाई ब’न्दुके र अ’धिनायकवादी भनेर चित्रण गरिएको भन्दै गुनासो पोखेका छन् । उनले भने,‘हामीलाई यसो भन्नेहरु, लु आउ न त चुनावमा, यो लु’टे’रा

पुँ’जी’वा’द ठीक कि जनताको समाजवाद ठीक ? चुनाव गराउन त । वाक्क भएर अस्ति बाबुरामजीले पनि भन्दै हुनुहुन्थ्यो, हामी नबिग्रेको त होईन नि, बिग्रकोमध्ये कम बिग्रेको भन्नुहोस है भन्दै हुनुहुन्थ्यो ।

यो साँचो कुरा हो । बाबुरामजीले ठीक भन्नुभएको छ ।’आज (बुधबार) काठमाडौंमा पार्टीको अंग्रेजी मुखपत्र रेड फ्रन्ट विमोचन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले जनमतसंग्रह गर्नुपर्ने बताए । उनले जनमतसंग्रह गर्न मिल्दैन भन्नेहरुलाई लु’टे’रा’को सं’ज्ञा दिए । उनले भने,‘ हरेक सत्ताले एउटा लु’टे’रा वर्ग जन्माउँछ ।

त्यो लु’टे’रा वर्गले यसैलाई अन्तिम डेमोक्रेसी भन्छ । अन्तिम हो यो ?’ नेपाली जनताले वैज्ञानिक समाजवाद  को पक्षमा मत हाल्ने पनि उनको दाबी छ । नेपाल खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News