काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गठबन्धनबाट बनेको नयाँ सरकारबाट जनताले धेरै आशा नगरेको बताउनुभएको छ । बुधवार राप्रपा मकवानपुरद्वारा हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता षड्यन्त्रमुलक ढंगले लादिएको समेत दाबी गर्नुभयो ।

कांग्रेस कम्युनिस्टबीच वैचारिक, चरित्रगत, नीतिगत भिन्नता नरहेको चर्चा गर्दै थापाले कांग्रेस कम्युनिस्टको विकल्प राप्रपा मात्र हुन सक्ने बताउनुभयो । आन्तरिक विग्रह र संघर्षबाट कम्युनिस्ट टुटफुट हुँदै कमजोर बनेको तथा कांग्रेस कम्युनिस्टकै वैचारिक लाइनमा हिँडेकोले मुलुकले वैकल्पिक शक्ति खोजिरहेको थापाको भनाइ थियो ।

यो पनि:नेपाल जनस्वास्थ्य प्रतिष्ठानले कोरोना भाइरस संक्रमणको सम्भावित तेस्रो लहरसँग जुध्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई १८ बुँदे सुझाव दिएको छ । प्रधानमन्त्री देउवालाई सुझाव दिँदै प्रतिष्ठानले राजनीतिक वृत्त, नागरिक समाज र स्वास्थ्यकर्मीसहित सबैको सुझाव तथा सल्लाहलाई सम्मान र ग्रहण गर्न सक्ने क्षमता भएको व्यक्तिलाई स्वास्थ्य मन्त्री नियुक्त गर्न आग्रह गरेको छ ।

यस्तै स्वास्थ्य प्र’णालीको क्षमता बढाउन, घर र संस्थागत आइसोलेशन तथा क्वरेण्टीनलाई व्यवस्थित गर्न, औषधि तथा अक्सिजन आपूर्ति, प्रभावकारी परीक्षणको व्यवस्था गर्न, सीमा क्षेत्रको आवागमन व्यवस्थित गर्नुपर्ने सुझावहरू समेटिएका छन् ।

प्र’तिष्ठानले कोरोना महामारीको समयमा मानसिक समस्यासँगै मुटु, फोक्सोको रोग, मस्तिष्काघात र पखाला लगायतका रोगको उपचारलाई पनि ध्यान दिन सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News