काठमाडौं, साउन ६ । असार १ गते गएको बाढीले सिन्धु पाल्चोकको हेलम्बुलाई उजाडेर गयो। हेलम्बु गा.पा. वडा न. १ र ६ तल्लो तिम्बु, हेल्दे र चालिसेमा ठुलो मानवीय र आर्थिक क्षति पुगेको बाढीग्रस्त क्षेत्रमा इन्द्रेणीका संचालक कृष्ण कंडेल सहित इन्द्रेणी टिम उक्त क्षेत्रमा पुगेर रु,६१ लाख ८२ हजार ६२८ नगद सहयोग रकम गा. पा. अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई हस्तान्तरण गरिएको छ ।

पुर्ण रुपमा क्षति भएका १७ वटा घर गा.पा. को डिजाइन र सोही लागत अनुसार इन्द्रेणी मार्फत घर निर्माण गरिने छ । देश तथा विदेशमा रहनु हुने सम्पुर्ण सहयोगि मनहरुले उक्त कारुणीक दृश्य इन्द्रेणीमा देखेर इन्द्रेणीको कार्यलाई विश्वास गरेर बाढी पिडितका लागि इन्द्रेणी मार्फत सहयोग गर्नु भएका सम्पुर्ण सहयोगि दाताहरुको साथ प्रति इन्द्रणी परिवार सधैं आभारी रहने छ । इन्द्रणी मार्फत सहयोग गर्नु हुने सहयोगीहरुको सम्पुर्ण विवरण तलको लिस्टमा हेर्न सकिने छ ।

“दु:ख मा इन्द्रेणी, सुखमा इन्द्रेणी”
गत असार १ गते आएको बढीका कारण मेलम्ची न.पा. मा पुर्ण रूपमा क्षति भएका परिवार मध्यका पनि अति पीडित
१. कमल श्रेष्ठ
२.ङयन्द्र प्र. दुलाल
३.हिराकाजी श्रेष्ठ
४. रामजी श्रेष्ठ
५. मछिन्द्र श्रेष्ठ लाई रु, ३लाख ६७ हजार का दरले घर निर्माणका लागि रु, १८ लाख ३६ हजार १ सय ५ उक्त न.पा. का नगर प्रमुख, डम्बर ब. अर्याल, वडा प्रमुख रुद्र प्र. दुलाल र पीडित सहित हस्तान्तरण गरियो । साथै रेडियो मेलम्चीको लागि सुइडेनबाट कृष्ण केसीले पठाएको रु, १५ हजार र इन्द्रेणी मार्फत रु, ३५ हजार गरि जम्मा रु, ५० हजार रेडियो मेलम्चीका अध्यक्ष डम्मर रसिक भारतीलाई हस्तान्तरण गरियो ।।(०६.०४.०७८) सहयोग गर्नुहुने सम्पुर्णमा आभार प्रकट गर्दछौं ।। – इन्द्रेणी परिवार

यो पनि:इन्द्रेणी कार्यक्रम अहोरात्र निरन्तर सेवा संगै मनोरञ्जनमा आफ्नो भुमीका निर्भाह गर्दै आएको छ । बिभिन्न समस्याको सामना गर्दै निरन्तरण नेपाली लोक गीत संगित, कला संस्कृतिको संरक्षण र संर्वधनमा निरन्तर लागि रहेको छ । यति मात्र नभएर इन्द्रेणीले बिभिन्न समस्यामा परेका दुःखी पिडितहरुको घाउमा मलम लगाउने काम गर्दै आइरहेको छ ।

विश्व भरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको चुनैतिपुर्ण परिस्थितीलाई पन्छाउदै दुःखी बिरामीहरु समाज सेवा जस्ता कार्यमा इन्द्रेणी फ्रन्टलाईनमा बसेर काम गरिरहेको छ । इन्द्रेणीका यस्ता प्रकारका कामहरु प्रति सदभाव जनाउदैं देश तथा विदेशमा रहेका बिभिन्न सहयोगी मनहरुले इन्द्रेणीलाई विश्वास गरेर इन्द्रेणीले चालेका कामहरु र विभिन्न पीडितहरुको लागि सहयोगमा साथ दिनुहुने इन्द्रेणीका सुभचिन्तक प्रति हृदयबाटै समान्न ब्यक्त गर्द छौं ।

आजको कार्यक्रममा बिभिन्न पीडितहरुलाई रु, १ लाख ८२ हजार ५०५, सहयोग हस्तान्तरण गरिएको छ । ताप्लेजुङ्ग जिल्लाको दोभान बस्तीमा आगलागीबाट क्षतिग्रस्त भएको उक्त बस्तिका लागि बिभिन्न सहयोगी मनहरु मार्फत इन्द्रेणीमा संकलन भएको सहयोग रकम रु, १ लाख ११ हजार १०५ नगद सहयोग रकम ताप्लेजुङ सरोकार केन्द्र का कोषाध्यक्ष मिङ्मा डन्डु लामालाई हस्तान्तरण गरिएको छ ।

यसै गरि बैतडि जिल्ला सिगास गा.पा. २ का दृस्टिबिहिन गायक रतिमान सिंह धामीलाई इन्द्रेणीमा आउने दुःखी पिडितलाई दिनु भनि पठाउनु भएको रकम बाट रु, २० हजार तेस्तै गरि आमा बुबाको पहिचान नखुलेका हुम्लाका १५ बर्षका बाल कलाकार अर्जुन तामाङलाई बिध्यालयको ड्रेस र कापी किताब को लागी प्रोत्साहन स्वरुप रु, १० हजार इन्द्रेणीबाट गत वर्ष मुद्दा उठाएका बोनम्यारो क्यान्सर पीडित बालक रौनिक परियारको आर्थिक अवस्था नाजुक भएकोले बिभिन्न सहयोगी मनहरुले बिभिन्न समस्यामा परेकालाई दिनुहोला भनि इन्द्रेणीमा पठाएको रकम बाट रु, १० हजार यस्तै हुम्ला मैला ताजाकोट घर भएका एक बर्ष अघि लडेर नसा च्यापियका पर बहादुर मल्लको आर्थिक अवस्था कमजोर भएकाले इन्द्रेणी मार्फत उपचारका लागी रु, १० हजार सल्यान बाट आएकी नव प्रतिभा पुजा मगरलाई हौसला स्वोरुप रु १० हजार यस्तै अर्का बाल गायक किशन सिजापतिलाई इन्द्रेणी बाट रु, २ हजार र कार्यक्रममा उपस्थीत अन्य दर्शकबाट रु, ४ हजार ६०० गरि जम्मा रु, ६ हजार ४०० र झापा घर भएकी पीडित रमा बस्नेतलाई इन्द्रेणी मार्फत रु, ५ हजार इन्द्रेणी संचालक कृष्ण कंडेलले हस्तान्तरण गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News