नेपाली  सेनाका  प्रधानसेनापति  पूर्णचन्द्र थापा साउन २४ गतेबाट बिदामा  बस्दैछन्  ।कार्यकाल   सकिनुभन्दा   एक महिनाअघि    बि’दामा  बसेर   आफ्ना   उत्तराधिकारीलाई कार्यवाहक  जिम्मेवारी   दिने  सैन्य  परम्पराअनुसार थापा बिदामा बस्न लागेका हुन् ।४३ औं प्रधानसेनापति पूर्णचन्द्र थापाले जेठ २३ मै

पत्रकारहरुलाई  साक्षी राखेर नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु  भएको   घोषणा ग  रेका   थिए ।  त्यसको करिब दुई महिनापछि अर्थात्  साउन २४ बाट उनी बिदामा बस्दैछन् ।
नेपाली  सेनाको  ४४  औं  प्रधानसेनापतिका   रुपमा  रथी प्रभुराम शर्माले नेतृत्व लिँदैनन् । युद्ध कार्य महानिर्देशकको जिम्मेवारी

सफलतापूर्वक  पूरा   गरेका   श  र्मा सेनाभित्र ‘मिलनसार’ अधिकारीको  रुपमा   चिनिन्छन्   । शर्माले   बलाध्यक्ष   र ब’लाधिकृत  दुवै  रथीको    जिम्मेवारी   सम्हालेका   छन् । त्रिभुवन  विश्वविद्यालयबाट  इतिहासमा स्नातकोत्तर गरेका शर्माले  भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेका छन् ।

भारत  र  अमेरिकामा  उच्चशिक्षा  एवं  सैन्य कला हासिल गरेका   शर्मा   सेनाभित्र   मिलनसार   मात्रै  नभई ‘एक्सन म्यान’का रुपमा पनि परिचित छन् ।प्रधानसेनापति थापाले आफ्नो  कार्यकालमा   आन्तरिक   सुधारतर्फ  बढी  ध्यान केन्द्रित गरे । उनले  पद  तथा   विपरीत काम गर्ने धेरै सैन्य अधिकारीलाई कारवाही गरे ।

उनले सुरुवात  गरेका  आन्तरिक  सुधारतर्फका   कामलाई निरन्तरता दिँदै संगठनलाई थप सुदृढ र जनपक्षीय बनाउने चुनौती नयाँ नेतृत्व सामु देखिन्छ।४३ औं प्रधानसेनापतिको जिम्मेवारी  सम्हाल्ने   क्रममा   थापाले   ‘आन्तरिक सुधार’ आफ्नो  पहिलो  जिम्मेवारी  रहने  प्रण गरेका थिए । सोही अनुसार उनले आँटका साथ काम पनि गरे ।

जर्नेललाई समेत बर्खास्त गरेर घरको बाटो देखाएका उनले सैनिक  अनुशासन  , नैतिकता   र   आचरणको  सवालमा कठोर  निर्णयहरु   लिए । थापाले    आफ्नो  कार्यकालको अ’धि’कांश  समय  आन्तरिक व्यवस्थापनमा बिताउनु पर्दा राष्ट्रिय  चुनौतीमा   ध्यान   दिन  नसकेको  अवकाश  प्राप्त उपरथी विनोज बस्नेत बताउँछन् ।

‘राष्ट्रिय  चुनौतीमा  चाहिँ वर्तमान प्रधानसेनापति को समय नपुगेको  देखिन्छ,’   उनले  भने,   ‘भावी    प्रधानसेनापति शर्माले  सरकार  प्रमुख र  राष्ट्र  प्रमुखलाई  राष्ट्रिय सुरक्षा र सामरिक  सुरक्षाको  महत्वबारे कन्भिन्स गर्न ठुलो भूमिका खेल्नुपर्छ चीन र भारतमा सैनिक मुभमेन्ट गर्नसक्ने क्षमता धेरै भएकाले  नेपालको  पनि  डिफेन्स  बलियो बनाउनुपर्ने उनको भनाइ छ ।

उनका अनुसार  भावी  प्रधानसेनापति शर्मा सैन्य कुटनीति मा दक्ष मानिन्छन् ।  ‘सेनालाई  राम्रोसँग म्यानेज गर्न सक्ने क्षमता  पनि  उहाँमा  देख्छु,’ उनले  भने  ।नेपाली  सेनाको संगठन ८  पृतनाबाट ‘३  जोड १’को संरचनामा गइसकेको छ । सो संरचना  अपर्याप्त  भएको हुनाले त्यसलाई पूर्णता दिनुपर्ने चुनौती पनि शर्माको काँधमा छ ।

प्रधानसेनापति  थापाले नक्कली शैक्षिक प्रमाणपत्र, नागरि कता किर्ते र भर्नामा  हुने चलखेल नियन्त्रणमा पनि प्रभाव कारी  ढङ्गले  काम  गरे । यसलाई  पनि  आगामी  नेतृत्वले निरन्तरता   दिनुपर्ने  देखिन्छ  ।राष्ट्रिय  सुरक्षामा  थपिएका चुनौतीको   मुकाबिला   गर्नुपर्ने  दायित्व पनि अब शर्माको काँध सर्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News