
काठमाडौं, ७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि दुई अध्यक्षको प्रस्ताव राखे पनि आफूलाई स्वीकार्य नहुने वरिष्ठ नेता माधवकुमार नेपा लले बताएका छन् । उनले पार्टी एकताका लागि आफूले कुनै पद नमागेको स्पष्ट पारेका छन् ।
ओलीले माधव नेपाललाई दोस्रो अध्यक्ष दिन्छु भन्दा पनि नमानेको भन्दै बुधबारको पार्टी बैठकमा कुरा राखेपछि माधव नेपालको भनाई सार्वजनिक भएको हो । उनले आफू पदका लागि भन्दा पनि पार्टी विधि विधान अनुसार चल्नुपर्छ भन्ने पक्षमा रहेको बताएका छन् ।
नेपालले पार्टी एकताका लागि २ जेठ २०७५ को कमिटी र संरचनाबाट अगाडि बढाउनुपर्ने अडान दोहोराए । उनले नवौं महाधिवेशपछिको कमिटीबाट अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
ओलीले आफूलाई दोस्रो अध्यक्ष दिएर अलम लाउन खोजेको माधव नेपालको भनाई छ । विगतमा पनि आफूले एकताको पक्षमा धेरैपटक अलमलाउने कदमहरु भोगेको सुनाए ।
यो पनि,,माधव नेपाल भन्छन् : अपमान सहेर कोही पनि बस्दैन
७ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माध वकुमार नेपालले पार्टी कसरी अगाडि बढ्छ भनेर हेरिरहे को बताएका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंको चम्पा देवीमा बिहीबार आयोजित कार्यक्रममा
नेता नेपालले कम्युनिस्ट आन्दोलन सही दिशामा लिएर जाने क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहेको बताए । त्यो क्रान्तिकारी पार्टीको स्वरुप लिएर एमाले अगाडि बढोस् भन्ने चाहेको भन्दै उनले भने, ‘त्यो स्वरुपमा अगाडि बढ्छ कि बढ्दैन, पर्खेर हेरिरहेका छौं ।’
नेता नेपालले अघि भने, ‘यस रुपमा अगाडि बढ्छ, सुध्रिन्छ, रुपान्तरण हुन्छ, ठीक छ । कसले आफूले बनाएको घरबाट त्यत्तिकै बाहिर निस्कन चाहन्छ ? तर अपमान सहेर कोही पनि बस्दैन ।’
गलत कुरालाई स्वीकार गरेर शिर निहुर्याएर बस्नु दास हुनु भएको उनले बताए । सबैको मर्यादा राख्नुपर्ने भन्दै नेता नेपालले भने, ‘
अरुको अपमान गर्ने मान्छेहरुले समाजको अपमान गर्छ, त्यसलाई कुसन्तान भन्छन्, त्यसलाई निरुत्साहित गर्नुपर्छ ।’