वैंशालु  प्रेममा  पर्नु  आफैमा  रोमाञ्चक अनुभव हो । जब प्रेम  हुन्छ , तपाईंमा  भावनात्मक  परिवर्तन  आउन थाल्छ अरु कुराहरु भुलेर प्रेममा मस्त रमाउनुहुन्छ । प्रेमी–प्रेमिका सँग कुराकानी  गर्दा वा भेट्दा मात्र पनि तपाईंले आनन्दित महसुष   गर्नुहुन्छ  ।प्रेमी-  प्रेमिकासँग  भेट्दा, मनको कुरा साट्दा, घुमफिर गर्दा जीवनका  फरक अनुभवहरु संगाल्न सक्नुहुन्छ ।

किशोर–चरणपछि हुने यस्तो प्रेमलापको अनुभव अनौठो र रोमाञ्चक  हुनेगर्छ । तपाईं  त्यसमै  एकोहोरिनुहुन्छ र मग्न रहनुहुन्छ । संसारलाई भुल्नुहुन्छ । प्रेम सम्बन्धमा रहँदाको यो भावनात्मक स्थितीले तपाईंको दुःख अल्पकालकै लागि भएपनि भुलाइदिन्छ ।तपाईंले  जीवनमा यस्तो कोही साथी पाउनुभएको  हुन्छ,  जोसँग  अत्यान्तै निकट रहेर कुरा गर्न सक्नुहुन्छ ।

मनको  सबै  कुरा  पोख्न  सक्नुहुन्छ । दुःख र  सुख साट्न सक्नुहुन्छ । आफ्नो निजी  जीवनको  ख्याल  राख्ने  अर्को व्यक्ति पाउनुहुन्छ तर,  यो  प्रेम सम्बन्ध  सधै  कायम रहन्छ भन्ने हुँदैन  । तपाईंहरुबीच  कतिपय   असमझदारी   बढ्न सक्छ, मनमुटाव  हुनसक्छ । र,तपाईंहरुले यो सम्बन्धलाई अन्त्य गर्नुहुन्छ । जब ब्रेकअप  हुन्छ,  तपाईंहरुलाई  यसले थप पीडावोध गराउँछ ।

विगतका  सम्बन्धलाई  सम्झेर भावुक बनाउँछ । एकअर्का सँग  खेलेको , रमाएको   यादहरुले  दुःखी   बनाउँछ । तर, समयक्रमसँगै तपाईंहरुको आलो घाउ  पुरिनेछ र जीवनको आफ्नो लयमा  फर्कनुहुनेछ ।जब  तपाईंले आफ्नो सम्बन्ध लाई बिट मार्नुहुन्छ, एक हिसाबले उन्मुक्तिको अनुभव हुन्छ तपाईं ति  तमाम झमेला  र  झन्टझटबाट  बाहिर  निस्केको अनुभूत गर्नुहुन्छ ।

न   बारम्बर  फोन  गर्नुपर्ने , न  च्याटमा उपलब्ध हुनुपर्ने, न डेटिङ।जन्मदिनमा हाजिर हुनुपर्ने, उपहार दिनुपर्ने अवस्था वा  बाध्यता  पनि  रहँदैन  प्रेम  सम्बन्धमा  रहँदा  तपाईंहरु खुसी र आनन्दित  मात्र  रहनुभएन  । तपाईंहरुवीच   कति कुरामा  असमझदारी  भए,   झगडा   भए ।  एकअर्काप्रति शंका, अविश्वास  पनि गर्नुभयो । आफुले नगरेका गल्तीहरु मा माफी माग्नुपर्ने भयो ।

कतिपय  कुरामा  स्पष्टिकरण  दिनुपर्ने  भयो । प्रेम सम्बन्ध लाई  टिकाइराख्नका  लागि  तपाईंले  यि  तमाम   कुराहरु सहनुभयो । जब  ब्रेकअप  भयो, यी सबै झन्झटबाट मुक्ति मिलेको  अनुभव   गर्नुहुनेछ  ।उमेर  बढ्दै  जाँदा र विभिन्न कुराहरुसँग जुध्दै जाँदा  उत्ति नै परिपक्कता  पनि   आउँछ प्रेम सम्बन्धमा  रहँदा  र ब्रेकअप हुँदाको अवस्थामा जसरी तपाईंले आफुलाई सम्हाल्नुहुन्छ,

त्यसले  तपाईंको अनुभवलाई परिपक्क बनाउँदै लान्छ ।के कारणले  ब्रेकअप  भयो  त्यस  सम्बन्धी   तपाईंले  आफ्नो गल्तीहरु  पनि  खोज्नुहुनेछ । आफुले  गरेका कमजोरीहरु महसुष   हुनेछ । र,  बाँकी  दिनमा   संयमित  र  परिपक्क निर्णय  गर्न  सक्नुहुनेछ  ।ब्रेकअपले   तपाईंलाई  धेरै  कुरा सिकाउनेछ । तपाईंको कमी–कमजोरी औंल्याइदिनेछ ।

अतः  तपाईंले  आफुलाई  अरु  परिस्कृत र परिमार्जित गर्न सक्नुहुनेछ । आफ्नो व्यक्तित्व  विकास गर्नेदेखि आर्थिक र व्यवहारिक रुपमा  बलियो  बन्ने यत्न  पनि  गर्नुहुनेछ ।ब्रेक अपपछि  मान्छेमा बदलाको  भावना  पनि जाग्छ । यसको सकारात्मक प्रभाव के हुनसक्छ  भने, उनीहरुले केही गरेर देखाउन खोज्छन् । कुनै न कुनै क्षेत्रमा राम्रो काम गरेर पूर्व प्रेमी–  प्रेमिकालाई  जित्न  चाहन्छन्  । यसले   उनीहरुको कार्यदक्षता बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News