एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकु  मार नेपालबीच भेटवार्ता हुने भएको छ । दोस्रो तहका नेताहरुको पहलमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता हुन लागेको हो । ‘

दुई नेताबीच आज साँझ कुनै पनि बेला भेटवार्ता हुन सक्छ’, एमाले संसदीय दलका उपनेता समेत रहेका ओली पक्षीय नेता सुवास नेम्वाङले रातो पाटीसँग भने, ‘हामीले कुरा गर्दा दुवै नेताले भेट्ने सहमति जनाउनुभएको छ ।’

माधव नेपाल पक्षका अर्का एक स्थायी समिति सदस्यले पनि दुई नेताबीच भेट’वार्ताको तयारी भइरहेको बताए । ‘आज भेट’वार्ता हुने कुरा छ । समय र स्थान तय भैसके  को छैन’ ती सदस्यले रातोपाटीलाई बताए ।

नेकपा एमालेको आज सम्पन्न केन्द्रीय समिति बैठकले पार्टी वि’वादमा माधव पक्षले गरेको गल्तीमा क्षमा दिन सकिने निर्णय गरेको थियो ।

‘यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वा सको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेकोमा उनीहरुलाई आज कार वाही गर्ने भनिएपनि कारवाहीको प्रक्रिया अघि बढाइएको थिएन ।’Ratopati.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News