नेपाल   सरकार  गृह  मन्त्रालय  अन्तर्गतको  राष्ट्रिय विपद् जोखिम   न्यूनीकरण   व्यवस्थापन   प्राधिकरणले गायिका सुनिता   दुलाल  र  गायक  प्रकाश  सपुतलाई  एक वर्षका लागि  वि’पद् जो’खिम  न्यूनीकरण  सद्भावना  दुत  नियुक्त गरेको छ । यसै सन्दर्भमा गायक प्रकाश सपूत लेख्नु हुन्छ,

“नेपाल  सरकार गृह  मन्त्राल य अन्तर्गतको  राष्ट्रिय  विपद् जोखिम  न्यूनीकरण   व्यवस्थापन  प्राधिकरण  ले गायिका सुनिता  दुलाल  र मलाई एक वर्षका लागि “विपद् जोखिम न्यूनीकरण  सद्भावना  दुत “ नियुक्त’  गरेको  छ । गत  वर्ष २०७७   मा   विविसि  साझा सवालका   साथीहरु  सुवास कार्कि, आनन्द  श्रेष्ठ  सर  हरुको  आग्रहमा  हामीले विपद जोखिम सचेतनाको लागि

 

एउटा  भि’डियो  सामग्री  तयार  पारेका थियौ । प्राधिकरण संग यसै  विषयमा  रचनात्मक  कुराकानी र  छलफल  हुदै आएको थियो । यो  वर्ष देखि हामी औपचारिक रुपमा दुत भएर काम  गर्दैछौ । एउटा  सामान्य  व्यक्ति र कलाकारको हिसाबले यो  मेरो लागि  एउटा  ठुलो  उपलब्धि र गौरबको अनुभव  हो  तर  एउटा  नागरिक  को  हिसाबले   यसलाई महत्वपुर्ण ज़िम्मेवारी

र  कर्तव्य  को रुपमा लिएको छु । प्राकृतिक विपत्ति जस्तो संवेदनशिल क्षेत्रको  कार्यसम्पादनका लागि नेपाल सरकार को  एउटा  आधिकारिक   निकायले  औ’पचारिक   रुपमा कलाकारहरु   संग  सहकार्य   गरेकोमा  म  प्राधिकरण का कार्यकारी  प्रमुख  अनिल  पोख्रेल  सर  सहित   सम्बन्धित सबैमा आभारी छु ।

प्राधिकरणले  विपद् मा  परेकाहरुलाई  उद्धार गर्न आर्थिक एंव भौतिक र विपद्  न्युनिकरण  गर्न   रचनात्मक सहयोग गर्ने छ । आज सिंहदरबारमा आयोजित कार्यक्रममा प्रस्तुत वक्तव्यमा भनिएको छ – “”विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सरकार,  निजी क्षेत्र, राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्था तथा

समुदायको  भुमिका   महत्वपुर्ण  रहने कुरा विपद् जोखिम न्यूनीकरण तथा  व्यवस्थापन  ऐन, २०७४ मा उल्लेख छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कृयाकलाप हरु प्रभावकारी रुपमा कार्यन्वयन गर्न जनचेतना अभवृद्धि गर्न अति  आवश्यक  हुन्छ । यसै सन्दर्भ मा गित संगितको माध्यमबाट समुदायमा जनचेतना अभिवृद्धि गर्ने

मुख्य  अभिप्राय   बाट   गायक  प्रकाश  सपुत  र  गायिका सुनिता दुलाललाई “ विपद्  जोखिम  न्यूनीकरण सद्भावना दुत   घोषणा  गरिएको  छ । गित   संगितको   माध्यमबाट समुदायमा  विपद्  जोखिम  न्यूनीकरण   सम्बन्धि सचेतना मूलक  सन्देश  प्रवाहमा   उहाहरुको  भुमिका उल्लेखनीय रहने अपेक्षा प्रधिकरण ले लिएको छ ।”””

हामीलाई  रिकोनाईज  गर्नु भएकोमा प्राधिकरण लाई पुनः धन्यबाद । विपद् मापरेकालाई प्रत्यक्ष सहयोग गर्न र विपद् जोखिम न्यूनीकरण  मा हाम्रो तर्फ बाट रचनात्मक भुमिका सधै रहनेछ “।
बाढ़ी पहिरो सचेतनामुलक गीत 👉 https://youtu.be/EykdCNNSsww

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News