स्वघोसित मेमोरी किङ बिजय  शाहीले  सुर्खेतमा  झन्डै  ९ सय विद्यार्थीलाई मेमोरी ट्रेनिङ दिन्छु भन्दै ५० लाख रुपैयाँ उठाएर ठगी गरेको आरोप लागेको छ । पीडितहरुले अब बिजय बिरुद्ध कानुनी प्रक्रियामा जाने पनि बताएका छन् । अहिले उनको खोजी भइ रहेको छ! उनले पैसा उठाएर भागेको स्थानीयले बताए!

सुर्खेत बाट एक पीडितले पुण्य गौतम लाई भने हामी लाई ६ महिना अघि यहाँको बिद्यार्थी सबैलाई मेमोरी किङ बनाउने भन्दै सबै बाट पैसा उठाए अहिले उनी फ’रार छन् कन्ट्याक्ट् पनि हुन्न! तपाईं बाट केही हेल्प हुन्छ कि भनेर हामीले पुण्य गौतम लाई सम्झेको हौ भनेका छन् !

यो पनि उनको क’र्तुत हेर्नू होस :नमस्कार म बिजय शाही ।नेपाली धर्ती आमाको कसम खाएर छातिमा हात राखेर म आज यो भन्दै छु कि Nelson Dellis सर संग वास्तविक demo भएको थियोे ।तर सयोगवस भनौं या नियोजित रुपमा ममाथि तथम कथाचित संका उपसंका गरियो ।संकामात्र गर्नेहरुलाइ म एकदिन पुर्ण विस्वस्त गर्नेछु भन्नेमा ढुक्क छु ।

उहाँको र मेरो भेट आकस्मिक भएको थियो र म सरकारी स्कुलमा पढेको हुनाले मेरो अङ्ग्रेजी कम्जोर छ साथै विदेशीसंग अङ्ग्रेजी पहिले कहिल्यै नबोलेको हुनाले एक्कासि बोल्दा मनमा डर भरिएकाले म आत्तिएको हु ।म आफ्नो divine power को rule द्वारा उत्पादित formula मार्फत क्षमता देखाउन सक्ने भयपनि बोल्न त्यति प्रष्ट छैन अझै अलमल गर्छु ।

अर्को एउटा सामान्य काम गर्ने केटीले कसरी mobile record गर्न सक्छ संका पनि कति गरेको ?के यो संभव छ ? साथै ढोका पुर्णरुपमा बन्द थियो बाहिर बाट paper आयो भन्नु हुन्छ यो पनि बेकारको संका नै हो साथै यो video आइसकेपछी Nelson Dellis सरले मेरो Handwriting पुन चेक गर्नु भएको थियो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News