निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच दुई घण्टा लामो भेटवार्ता भएको छ । प्रधानमन्त्री बाट हटेको दुई साता नपुग्दै राष्ट्रपति भण्डारी र ओलीबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीच शुक्रबार बिहान ११ः४० देखि दिउँसो १ः४० सम्म भेटवार्ता भएको उच्च सुरक्षास्रोतले जनाएको छ । राष्ट्रपति कार्यालय शीलत निवासमा भएको भेटवार्ता के विषयमा केन्द्रित थियो भन्ने खुलेको छैन ।

यसअघि प्रधानमन्त्री रहेका बेला ओली र राष्ट्रपति भण्डारीबीचको मिलेमतोमा प्रतिनिधि सभा विघटन गर्नेदेखि विभिन्न अध्यादेश ल्याइएको भन्दै चर्को आलोचना भएको थियो ।

ओली गत असार २८ को सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्रीबाट हटिसकेका छन्!

यो पनि,,
भीम रावलले फिर्ता लिए सांसदबाट दिएको राजीनामा

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा शुक्रबार फिर्ता लिएका छन्। रावलले साउन ३ गते सांसदबाट राजीनामा दिएका थिए। उनको राजीनामा सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृत गरिसकेका थिएनन्।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि रावलले राजीनामा दिएका थिए। २०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भएकाले राजीनामा दिएको बताएका छन्।।

‘म यो अनैतिक राजनीतिको खेलबाट अलग हुनलाई राजीनमा दर्ता गर्न आएको छु’, सिंहदरबारस्थित संसद सचिवालयबाट रावलले सेतोपाटीसँग भनेका थिए, ‘म राजीनामा दिन्छु।’

रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा माधवकुमार नेपाल पक्षबाट संयोजक थिए।

रावलले राजीनामा दिएपछि अरू एमाले नेताहरूले उनको राजीनामा जरूरी नरहेको भन्दै फिर्ता लिनु पर्ने बताएका थिए।

वरिष्ठ नेता नेपालले त उनलाई टोखास्थित निवासमै गएर राजीनामा फिर्ता लिन भनेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News