चितवन । बेपत्ता  भएको १०  दिनपछि  मृ’त  भेटिएकी राप्ती- ३  की  सुजिता  भण्डारी  प्र’करणमा प्रहरीले एक जनालाई प’क्राउ गरेको छ । प्रहरीले  मृ’तक  सुजिताको ठूलोबुबाको छोरा दाजु नाता पर्ने सचिन भनिने सुकदेव भण्डारीलाई प’क्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । उनी नाताले दाजु पर्छन् ।

झापाकाे झापा गाउँपालिका- ६ शरणमतिका २३ वर्षीय सुकदेव र सुजिताबीच विवाह गर्नेसम्मको तयारी भएको खुलेको छ ।शुकदेव भण्डारीलाई प्र’हरीले काठमाडौंबाट पक्राउ परेको प्र’हरीले जनाएको छ । उनी आफ्नै ठुलबाबाको छोरा हुन् । उनीहरु विदेशमै पुगेर विहे गर्ने सोचमा समेत थिए ।

उनी हिजो प’क्राउ परेका डिसएपी इन्द्रबहादुर रानाले बताए । असार ९ गते सुजिताले विवाह गर्न प्र’स्ताव गरेपछि यी दुइमा विवाद सृजना भएको थियो । असार ११ गते वेवात्ता सुजिता २० गते नजिकैको सामुदायिक वनमा मृत भेटिएकी थिइन् । सुकदेव वि’रुद्ध ज्यान स’म्बन्धि कसुर अन्तर्गत ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ ।

सुजितालाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै आमा अम्बिका भण्डारीले ६ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेकी थिइन् । असार ११ गते साथीलाई तरकारी लिन आउँदैछु भनेर मोबाइलमा म्यासेज पठाएर घरबाट निस्केकी सुजिता १० दिनसम्म बेपत्ता भएकी थिइन् ।

त्यही दिन दिउँसो फोन गरेर आफू अ’पहरणमा परेको बताएको दिदी कविताले बताएकी थिइन् तर, सुजिता असार २० गते नजिकैको सामुदायिक वनमा मृ’त भेटिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News