काठमाडौं, साउन ७ कृष्ण कंडेल वरिष्ठ समाज सेवी तथा आँसु गायक हुनु  हुन्छ ।  लोकप्रिय  कार्यक्रम    इन्द्रेणीका सञ्चालक कँडेल समाज सेवामा निकै अग्रसर रहँदै आउन भएको छ। मृगौला फेल, दीर्घ रोगी,दृष्टिविहिन,अपाङ्ग लगायत विभिन्न समस्याबाट पिडित मानिसको घाउमा मलम लगाउँदै आएका कँडेल भूकम्प, बाढी पहिरो लगायतका समस्याबाट पार लाउन उहाँ निरन्तर लागि राख्नु भएको छ।

अहिले कोरोनाको कारण देशभर दोस्रो लकडाउनको अवस्था केहि सहज भए पनि यो अवस्थामा थुप्रै मानिस विभिन्न समस्याबाट गुज्रिन बाध्य छन् । ती मानिसको समस्या समाधानका लागि कँडेल अहिले दिनरात खटिराख्नु भएको छ। यो समय समाजको सिपाही भएर सेवा गर्न पाँउदा आफु खुसि भएको बताउनु हुन्छ।

यो लकडाउनमा धेरै मानिसहरु फुर्सदीला भएका होलान। तर यो लकडाउन र बाढी पहिरोले कंडेललाई धेरै व्यस्त बनाएको छ । धर्म, कर्म, सेवा जे भने पनि आफ्नो काम लोक गित संगितको संरक्षण र समाज सेवा हो । उहाँले लकडाउन सुरु भएदेखि नै अप्ठ्यारो परेका मानिसको सेवामा क्रियाशील रहनु भयो । लकडाउन केहि खुकुलो भयो यहि बेला देशका विभिन्न ठाउँमा बाढी पहिरोले ठुलो विपत्ती निम्त्योे र ठुलो क्षति पनि पु¥यायो।

सिन्धुपाल्चोक, हेलम्बु र भोटेकोशीका बाढी पिडितका लागि सहयोग जुटाउन कंडेल रात दिन लागि पर्नु भयो र बाढी पिडितका लागि रु,९२ लाख भन्दा धेरै सहयोग जुटाउन सफल हुनु भयो र उक्त रकम मङगलबार र बुधबार सम्बन्धीत क्षेत्रमा पुगेर हस्तान्तरण गर्नु भयो । उक्त बाढी पिडितलाई यति धेरै सहयोग रकम जुटाउन देश तथा विदेशमा रहेका सम्पुर्ण सहयोगी प्रति आफु सधै आभारी भएको बताउनु हुन्छ ।

आफुलाई डाक्टरले स्वास्थ्यमा समस्या आएकाले बेड रेस्ट गर्नु पर्ने भन्नु भएता पनि यस्तो विपत्तिको समयमा सेवा नगरीकन मेरो मनले नै मानेन । उहाँले भन्नु भयो अहिले सेवा गर्न पाइएन भने अन्य समयको सेवाको केही महत्त्व रहदैंन भन्ने मेरो बुझाइ हो । यस अगाडिका बाढी, पहिरो होस् वा भूकम्प, कोरोनाको महामारीको समय जुनै विपतको अवस्थामा पनि मैले ज्यान जोखीममा राखेर समाज सेवा गरेको थिएँ । मेरो यहि इमान्दारी, समाज सेवा, लोक गित संगितको संरक्षण र संवर्धन प्रतिको लगावमा साथ दिनु हुने मेरो टिम लगायत सम्पुर्ण मेरा शुभचिन्तक प्रति धन्यवाद दिन बाहेक अरु केहि छैन म संग ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News