योगेश  भट्टराई  लेख्नु  हुन्छ  “ऐतिहासिक   र  गौरबशाली ईतिहास  भएका , पञ्चायत   फाल्ने  र   गणतन्त्र  ल्याउने आन्दोलन/ क्रान्तिको   अग्रभागमा  रहेर  भूमिका खेलेका, हजारौ  युवाहरुलाई  राजनीतिक/   बैचारिक शिक्षा मार्फत पार्टी  र सामाजिक  कामको   नेतृत्व   गर्नसक्ने   क्षमतामा पुर्याएका अनेरास्वबियू र युवासंघ

जस्ता  संगठनलाई  ओझेलमा  रखेर  निर्माण गरिएका युथ फोर्स अखिल फोर्सको  औचित्य के छ ? समाजमा आतंक को  आभास  दिने    र युवाहरुलाई   अराजनीतिकरण गर्दै कानुन  हातमा   लिएर  राजनीतिलाई अ’प’रा’धीकरण गर्न उद्द्त यस्ता बाहुबली समुहहरु तत्काल खारेज गर्नु पर्दछ ।

अनेरास्वबियू  र  युवासंघ  जस्ता  संगठनलाई सहि नीति र नेतृत्व प्रदान गरेर राजनीतिक र सामाजिक काममा अग्रसर गर्नु पर्दछ । के  काम  हुन्छन जो युवासंघ र अनेरास्वबियूले गर्न नसक्ने तर युथफोर्स र अखिलफोर्सले मात्र गर्नसक्ने ? पञ्चायत अखिलले नै  फाल्यो । २०४८ पछिको कांग्रेसको राज्य आतंकसँग अखिल नै लड्यो ।

माओवादीको  १०  बर्षे हिं’साको  प्रतिबाद  यिनै अखिल र युवासंघले  गरे । पार्टीभित्रका   गुटहरुमा  बै’चारिक च’रित्र सकिंदै जाँदा एक आर्काका बि’रु’द्ध बाहुबली जत्था प्रयोग गर्न खोजेको हो ? यदि हो  भने  हामी आफ्नो र कम्युनिस्ट आन्दोलनको  चिहान   आँफैले  खनिरहेको   स्वीकार  गर्नु पर्दछ   । शान्तिपूर्ण   र  बैधानिक  प्रतिस्पर्धाबाट    श्रेष्ठता हासिल गर्ने,

कानुनी  राज्यलाई  स्वीकार  गर्ने, फरकमतलाई फक्रनदिने जस्ता बिशेषता सहितको  बहुदलीय  जनबादको  सिद्धान्त लाई अनुशरण ग रेको  नेकपा एमालेका  लागि यो सुहाउने काम होईन  । तसर्थ: यस्ता  गतिबिधिमाथि   तत्काल रोक लगाउन  पार्टी  अध्यक्ष  केपी    शर्मा  ओली  र  बरिष्ठ नेता माधवकुमार नेपाल समक्ष हार्दिक अनुरोध गर्दछु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News