
काठमाडौं । ब्युँताइएको युथ फोर्स भ्याली कमाण्ड घो’षणा सभामालाई स’म्बोधन गर्दै नेकपा (एमाले(का महासचिव ईश्वर पोखरेलले युथफोर्सलाई अब भ्र’ष्टचारविरुद्ध अभियान चलाउन नि’र्देशन दिएका छन् ।
शनिबार घोषणा सभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको ठाउँमा प्रमुख अतिथि बनेर मन्तव्य राखेका उनले युथफोर्सलाई भ्रष्टचारविरुद्ध अभियान दह्रोसँग चलाउन निर्देशन दिएका हुन् ।
उनले ब्युँताइएको युथ फोर्सलाई निर्देशन दिए, ‘परिवर्तित सन्दर्भमा जनतासँग जोडिने, जनताले नचाहेको काम नगर्ने, जनतालाई उत्पादनसँग जोड्ने, स्वरोजगारसँग अभियान चलाउने काम तपाईंहरुले गनुपर्छ । र, भ्रष्टाचार विरुद्ध अभियान चलाउनुपर्छ ।’
साथै, हालसालैलाई जनताले राम्रो नठान्ने काम नगर्न पनि उनको निर्देशन छ । युथफोर्स फरक परिवेशमा गठन भएको र परिस्थितिअनुसार काम गर्नुपर्ने पनि उनले बताए।
युथफोर्स आतंकको स्रोत नभइ आतंक सिर्जना गर्नेलाई तह लगाउने संगठन भएको उनको भनाइ छ । उनले भने, ‘युथ फोर्स आतंकको स्रोत होइन, कोही आतंक सिर्जना गर्न चाहान्छन् भने त्यसलाई ठेगान लागउने संगठन हो । हामी कानुनी शासनलाई मान्छौं । कानुन हातमा लिँदैनौं ।’
युथ फोर्स एमालेको रक्षा गर्ने एउटा खम्बाका रुपमा उभिन पनि पोखरेलले आह्वान गरेका छन् भने युवासंघ नेपाललाई अभिभावका रुपमा मानेर अघि बढ्नुपर्ने उनको निर्देशन दिए।