काठमाण्डाै / राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाज मार्फत मलेसियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याइएको छ ।   मलेसियामा रोजगारीका क्रममा ज्यान गुमाएका अभिभावकको श”व जहाजले शनिबार ल्याइदिएपछि

त्रिभुवन विमानस्थलमा भावविह्वल भएका साना नानी बाबुसहित एक परिवार ! निगमको वाइड बडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट एकै पटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको हो।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न समयमा ज्यान गुमाएका नेपालीको शव बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको निगमको उडान सञ्चालन विभागले जानकारी दिएको छ ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती शव आजै आफन्तलाई जिम्मा लगाइएको छ ।

यो पनि,,स्रोत नखुलेको ४० लाखसहित झापामा एक जना पक्रा’उ

९ साउन, काठमाडौं । झापामा स्रोत नखुलेको ४० लाख ३७ हजार रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शनिबार दिउँसो १२ बजे झापा गाउँपालिका- २ बेलाईतिवारीबाट स्थानीय ५० को गौरी मण्डललाई भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ४० लाख ३७ हजार ६७० रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिए को प्रहरी टोलीले मण्डललाई पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कानुनी प्रकृया को लागि भद्रपुर भन्सार कार्यालयमा बुझाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो पनि,,राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने षड्यन्त्र नगर्न देउवा–प्रचण्डलाई महेश बस्नेतको चेतावनी, एमाले फुटा  उने अध्यादेश ल्याईए देशभरि आगो बाल्ने।भिडियो सहित)

काठमाडौं, ९ साउन । नेकपा (एमाले) का नेता महेश बस्नेतले आफ्नो पार्टी फुटाउने अध्यादेश ल्याईए देशभरि आगो बाल्ने चेतावनी दिएका छन् । आज युथ फोर्सको भ्याली कमान्ड गठन गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।

उनले जियकुमार गच्छदारलाई दश अर्बको भ्रष्टाचारमा दश लाख धरौटीमा छुटाउने खालका काम भएको भन्दै यसको विरुद्धमा आफूहरुले सशक्त अभियान चलाउने पनि चेतावनी दिए ।

केपी ओली नेतृत्वको यसअघिको सरकारले गरेका राम्रा काम र नीतिहरु खारेज गरिए देशभरि आगो बाल्ने उनको चेतावनी छ ।

उनले भने,‘नेकपा एमाले बलियो बनाउन हामीले अध्यादेश ल्याउँदा हाम्रो पार्टीका नेता माधव नेपाल र प्रचण्डहरुलाई उचालेर फेल गराउने काम भयो, र

कांग्रेसले निकै चर्को र लोकतान्त्रिक भाषण गर्ने कांग्रेस, अब एमाले फुटाउने अध्यादेश ल्याउनुभयो भने त्यसको विरुद्ध प्रतिरोध हुन्छ । हाम्रो संगठनले देशभरि आगो बाल्छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग ल्याउने सपना नदेख्नसमेत उनले चेतावनी दिएका छन् ।

उनले भने,‘तपाईँहरुले राष्ट्रपतिविरुद्ध महा अभियोग लगाउनेबारे कुनाकाप्चामा बसेर षड्यन्त्र बुन्नुभएको छ भने, त्यो सपना नदेख्नुहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News