१० साउन, धनगढी । ‘न्याय पाउन मेरा लागि एकादेशको कथा जस्तै भइसक्यो । तर छोरीको आत्’मा न्यायका लागि घरमै बत्ती बालेर श्र’द्धाञ्जली दिनैपर्‍यो,’ उनले भनिन्, ‘अब उनी फर्केर आउने होइनन् तैपनि आफ्नो स’न्तुुष्टिका लागि दीयो बालेर छोरीको सम्झना गर्दै आएकी छु । यसवर्ष पनि गर्छु ।’ तीन वर्षयता यस्तै छ दुर्गादेवी पन्तको नियति ।

तीन वर्षअघि आजकै दिन अथात् १० साउन २०७५ मा छोरी नि’र्मलालाई गुमाएकी कञ्चनपुरको भीमदत्त नगरपालिका-२ की दु’र्गादेवी न्याय माग्दै हिँडेको पनि ठीक तीन वर्ष पुग्यो । तर अहिलेसम्म बलात्कारपछि उखुबारीमा लगेर नि’र्मलाको घाँटी निमोठ्ने अ’पराधीको पहिचान भएको छैन ।

यो पनि:नारीप्रधान सिनेमा कस्तो हुन्छ ? हाम्रा फिल्मेकर्ससँग यसको तयारी खाका छ । जस्तो कि, केन्द्रीय भूमिकामा नारीलाई राखिन्छ । नारीलाई बलशाली एवं निर्भीक देखाइन्छ । ती पात्रले दुःख पाउँछिन्, संघर्ष गर्छिन् र जित हासिल गर्छिन् । उनलाई केही धमेदार संवाद बोल्न लगाइन्छ, पुरुषत्वविरुद्ध हाक दिन लगाइन्छ र पित्तृसत्ताको खिलाप युद्ध छेड्न सिकाइन्छ । नारीप्रधान सिनेमाका मोटामोटी प्रारूप हुन् यी ।

नारीप्रधान सिनेमाका हिरोइन सात तलाबाट हाम फाल्न सक्छिन्, दर्जनौं बलिया पुरुष -गुण्डा)को रामधुलाई गर्न सक्छिन्, पुरुष सत्तामाथि आफ्नो हक जमाउन सक्छिन् ।
तपाईंलाई के लाग्छ, नारीप्रधान सिनेमा यस्तै हुनुपर्छ ?नारीको शक्ति यही हो ? नारीको सौन्दर्य यही हो ? नारीलाई पुरुषभन्दा बलियोबाङ्गो र जब्बर देखाएपछि सिनेमा ‘नारीप्रधान’ बन्छ ?

हामीकहाँ वर्षौंदेखि यही अभ्यास हुँदै आए । दुःखका साथ भन्नुपर्छ, आजको मितिमा नारीहरुले नै सिनेमाको कप्तानी सम्हालेका भएपनि ‘नारीप्रधान’ सिनेमाको दशा बदलिएको छैन । उस्तै छ, नारीलाई चुहृलोचौकाबाट बाहिर निकालिन्छ र विद्रोह गर्न उक्साइन्छ ।

पुरुषले हिमाल चढ्यो, नारीले किन सक्दैन ? पुरुषले हेभी बाइक कुदायो, नारीले किन सक्दैन ? पुरुषले गोरु जोत्यो, नारीले किन सक्दैन ? पुरुषले गह्रांै भारी उचाल्यो, नारीले किन सक्दैन ? यस्तै काइते तर्कहरुलाई सदर गर्दै हामीकहाँ सिनेमा बनेका छन्, नारीप्रधान ।

‘आमा’, ‘माइतीघर’, ‘कुमारी’ यसरी स्त्रीलिंग नामबाट नेपाली सिनेमाको इतिहास सुरु हुन्छ । त्यो क्रम काली, हिम्मतवालीहुँदै आमासम्म आइपुग्छ । तर, यी तमाम ‘नारीप्रधान’ सिनेमाले नारीको मूल्य र सौन्दर्यलाई काहीँ-कतै छुटाएझैं लाग्छ ।

नारीप्रधान सिनेमाका नारी विधवा नै हुनुपर्छ ? एकल नै हुनपर्छ ? बेसाहारा र दुःखी नै हुनुपर्छ ? पीडित र अवहेलित नै हुनुपर्छ ? के त्यो धरातलबाट मात्र नारीले संघर्ष गर्छ र पुरुषत्व आफ्नो सत्तामा बनाउँछ ?

मैले थुप्रै नारीप्रधान सिनेमा हेरेकी छु साथसाथै त्यसमा नारीको प्राण नभएको पनि अनुभूत गरेकी छु । नारीप्रधानको अन्तर्य यो होइन कि नारी एक पुरुष बराबर हुनुपर्छ वा पुरुषभन्दामाथि हुनुपर्छ ।

संसारमा प्रकृतिले दुई जात रचना गरेका छन्, नारी र पुरुष । यी दुबैको शरीर विज्ञान फरक छ । जन्मसिद्ध भूमिका फरक छ । उनीहरू असमान छन् । त्यसैले ‘समानताको’ एउटै तराजुमा राखेर उनीहरुको सामथ्र्य नापजाँच गर्नु अनुचित मात्र होइन, असम्भव पनि हो ।

नारीले जति कुशलतापूर्वक खान पकाउन सक्छिन्, पुरुषले उत्तिकै सामथ्र्यले खनजोत गर्न सक्छन् । अब पुरुषलाई भान्सा सम्हाल्न लगाउँदैमा उक्त पुरुषलाई ‘नारीवादी’ भन्न सुहाउँदैन । भान्साबाट निस्किएर खानजोत गर्न लगाउँदैमा महिला शक्तिशाली र पुरुषार्थ हुन्छ भन्ने पनि हुँदैन । यसमा उनीहरुको गुण र खुबी

परस्पर मिल्दैन नारी र पुरुष सृष्टिको एउटा सिंगो प्याकेज हुन् । दुवैबीचको तालमेल विनासम्भव छैन, सृष्टिको निरन्तरता । यो सत्यलाई हाम्रो फिल्म मेकर्सले हृदयंगम नगरेका हुन् कि ? पुरुष र नारीबीचको भेद प्रकृतिले नै छुट्याइदिएका छन् । पुरुष शारीरिक रूपमा बलियाबाङ्गो होलान्, नारी सुकुमार । पुरुष कठोर बन्न सक्छन् नारी कोमल । पुरुषको आफ्नै क्षमता र शक्ति हुन्छ, नारीको आफ्नै सामथ्र्य र सौन्दर्य हुन्छ । धैर्य, सहनशीलता, कोमलता, क्षमाशीलता नारीको गुण हो र शक्ति पनि ।

नारीले जति कुशलतापूर्वक खान पकाउन सक्छिन्, पुरुषले उत्तिकै सामथ्र्यले खनजोत गर्न सक्छन् । अब पुरुषलाई भान्सा सम्हाल्न लगाउँदैमा उक्त पुरुष ‘नारीवादी’ भन्न सुहाउँदैन होला । साथै, भान्साबाट निस्किएर खानजोत गर्न लगाउँदैमा महिला शक्तिशाली र पुरुषार्थ हुन्छ भन्ने पनि हुँदैन । यसमा उनीहरुको गुण र खुबी परस्पर मिल्दैन । तर, हाम्रो सिनेमाले यसैलाई ‘पितृसत्तामाथिको हाँक’ वा ‘महिलाको पुरुषार्थ’ भनी कथावाचन गर्नुको तुक छैन ।

प्रकृतिले नारीलाई आफ्नो विशिष्ठ शक्ति र गुणले सिँगारेका छन् ! तर, हामीले सिनेमामा नारीलाई कसरी पेस गर्‍यौं ? अर्धनग्न, कामुक, सुडौल । स्पष्ट छ कि, यो पुरुषसत्ता मनोविज्ञानको उपज हो । एउटी महिलालाई पुरुषले कुन रूपमा देख्न चाहन्छ ? सिनेमाले सोही रूपमा हिरोइनलाई सजाउँछ ।

नारीको चरित्र निर्माणमा होस् वा उनीहरुलाई बोकाइने भूमिकामा, न्याय गर्न सकिएको जस्तो लाग्दैन । हुन त सिनेमा निर्माणमा धेरैजसो पुरुषहरु संलग्न हुन्छन् । पुरुषले कथा लेख्छ, पुरुषले पटकथा तयार गर्छ, पुरुषले निर्देशन गर्छ । छायांकन स्थलमा क्यामेरा चलाउनेदेखि पोस्ट-प्रोडक्सनमा सम्पादन गर्नेसम्म पुरुष नै पुरुष हुन्छन् । सम्भवतः यही कारण ‘नारीप्रधान’ सिनेमाले नारीलाई चिन्न नसकेका ।

मैले एउटा पुरुषको कथा लेखे भने त्यो गहिराइमा पुग्न सक्दिन, जहाँ उनीहरुको असली जीवन हुन्छ । किनभने मैले पुरुषको जीवन भोगेकै हुँदिन । तर, नारीको बारेमा लेख्नु परेमा म नारी-जीवनको अन्तर्य खोतल्न सक्छु । ।नारीले एकबारको जुनीमा अनेक जीवन बाँच्नुपर्छ । पहिले छोरीको, त्यसपछि श्रीमतीको, त्यसपछि बुहारीको, त्यसपछि आमाको । यी अनेक जीवन बाँचिरहँदा उनले अनेकौं घुम्ती एवं आरोह-अवरोह छिचोल्नुपर्छ । आफू जन्मिएको घर, आफू हुर्किएको आँगन, आफ्नो आमाबुबा त्यागेर पराय संसारमा अर्को जीवन बाँच्नुपर्ने हुन्छ । अर्कै मान्छेहरू, अर्कै परिवेश, अर्कै चालचलनमा आफूलाई अभ्यस्त गराउनुपर्ने हुन्छ । समाजलाई गतिशील बनाइराख्न एउटी नारीले कस्तो संघर्ष, त्याग र समर्पण गरेकी हुन्छिन् ? सिनेमाले खोतल्नुपर्ने कथा त यस्तो पो हो ।

बलियो देखाएर, सुगठित देखाएर, सुकिलो देखाएर, टाठोबाठो देखाएर खोस्टे एवं बोक्रे ‘नारीवाद’को लेपन लगाइरहँदा नारीको वास्तविक सौन्दर्य पो विलुप्त हुने हो कि ? नारीले गर्ने विद्रोह वा ठूला-ठूला कुरा पेस गरेर होइन, बरु उनीहरुको बुझाइ, भोगाइ, भावना, आकंक्षालाई मिहीन ढंगले खेजेर चरित्र निर्माण गर्न सकिन्छ । उसले जीवनमा गरेको संघर्ष, त्याग, उसको सहनशीलता र धैर्यता उसले प्राप्त गर्ने खुसी र आनन्द पो समेटिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News