‘नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले निजी विद्यालय सञ्चालक उमेश श्रेष्ठलाई राज्य मन्त्री बनाएका छन् । देउवाको सिफारिसमा राष्ट्रपति वि द्यादेवी भण्डारीले आइतबार उनलाई स्वास्थ्य तथा जनसं ख्या राज्यमन्त्रीमा नियुक्त गरेर जिम्मेवारी प्रदान गरेकी हुन् ।​’

‘श्रेष्ठ नेपाली काँग्रेसबाट समानुपातिक सांसद हुन् भने करिब ३९ वर्षदेखि उनी शिक्षा क्षेत्रमा क्रियाशिल रहेका छन् । राजधानीको चर्चित स्कुल लिटिल एन्जल्सको सञ्चालक समेत रहेका उनको कृषि, जलविद्युतलगाय  तका क्षेत्रमा पनि उत्तिकै लगानी रहेको छ ।’

‘निजी विद्यायलहरूको संस्था प्याब्सन र उच्च माध्यमिक विद्यालयहरूको साझा सङ्गठन हिसानका संस्थापक अध्य क्ष रहेका उनलाई काँग्रेसले २०७४ को प्रतिनिधिसभामा समानुपातिक सदस्य बनाएको हो । यसअघि ०७० को दोस्रो संविधान सभामा २६ मनोनित सभासद् मध्येमा श्रेष्ठ पनि परेका थिए । ‘

‘२०७४ मा प्रतिनिधिसभा सदस्य बनेपछि उनले रातोपाटी लाई अन्तरवार्ता दिँदै अब आफ्नो काम शिक्षा क्षेत्रमा आमू ल परिवर्तनका लागि काम गर्ने बताएका थिए । तर, तिनै श्रेष्ठ कोरोनाको प्रतिकुल परिस्थितिमा स्वास्थ्य मन्त्री बने का छन् ।’

‘जुन मन्त्रालयको जिम्मेवारी हाललाई प्रधान मन्त्रीले नै सम्हालिरहेका छन् । ‘तीन तहको चुनावपछि समृद्धिको आशा अप्रत्यासित बढे को छ । यसै समयमा भाग्यवस समानु पातिक सांसद हुने अवसर पाएको छु ।’

‘अब पनि मेरो काम शिक्षाको आमूल परि वर्तनका लागि हुनेछ’, त्यतिबेला श्रेष्ठले रातोपाटीसँगको अन्तरवार्ताका क्रममा भने का थिए ।

श्रेष्ठ संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य पनि हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News