पाँचथरको  तुम्बेअ  गाउँपालिका देखि  एकजना  लोकेन्द्र मगर  भन्ने  व्यक्ति आफ्नो श्रीमती सम्झना मगर दुई छोरा छोरी एकजना सात वर्षको छोरी र अर्को दुई वर्षको छोरा छोडेर आफ्नो भएको सम्पत्ति  सहित गत  श्रावण ५  गते देखि हराइरहेकि छ भन्दै खोजी दिन आग्रह गरि युवा मन नेपालका पत्रकार किशोर श्रेष्ठसँग आइपुगेका छन्।उनकी श्रीमती त्यसदिन दिउँसो १ बजे तिर घरबाट  निस्केर  हिँडे की रहेछिन्।

उनी घरबाट निस्कँदा एक्लै निस्केकी र  पारी  तुम्बेअ  वडा नं. ४ स्थित उनको अङ्कलको घरमा बास बसेकी रहेछिन्।अङ्कल आण्टीले यति राती के भएर सानो नानी छोडेर आइस भनेर सोधपुछ गर्दा उनले श्रीमानले रातदिन रक्सेर खाएर आउने,सुत्न नदिने,गाउँघरबाट पनि नराम्रो भयो, जेठाजुहरू आएर पनि गा’ली गर्नुभयो त्यही भएर बस्न नसकेर निस्केको भनेर बताएकी रहेछिन्।तर यता श्रीमान भन्छन्,म कहिले पनि रक्सी खान्न र कहिलेकाही साथीभाइ सँग हुँदा अलिअली खाने गर्थें,मेरो बुढी पनि म सँगै खाने गर्थिन् तर मैले उनलाई केही नराम्रो गरेको थिइन।”

श्रीमानले आफ्नो श्रीमतीको बारेमा केही नराम्रो कुराहरू चाहिँ सुनेका थिए।गाउँलेहरूले कुरा सुनाउने गरेका थिए।त्यसपछि उनले आफ्नो श्रीमतीलाई गा’ली गर्ने,सम्झाउने पनि गर्दै आइरहेका थिए।त्यसदिन श्रीमान मेलामा गएका थिए र घरमा उनका दाजुहरू आएका थिए।उनले खाना खुवाएर पठाउनु भनेर मेलामा गए तर मेलाबाट काम सकेर साँझमा घर फर्कँदा उनले श्रीमतीलाई भेटेनन्।सात बजेतिर गाउँको एकजना दिदीलाई फोन गरेर म पोइला गएँ है दिदी सुनाइदिनु,अब मलाई नखोज्नु भनेर भनिदिनु भनेर उनीले फोन गरेकी रहेछिन्।

उनले सुन्नेबित्तिकै सम्पर्क गरेर सबैतिर बुझे तर कहिँकतै पनि पत्तो लागेन।उनी खोज्न भनी राती नै हिँडे र बाटोमा बुझ्दा त्यहाँका व्यापारीहरूले सुन उकासेर लगेको,सीम पनि लगेर गएको जानकारी गराए।त्यसदिन त्यतिबेला नै हिले धनकुटा पुगेको छैन होला भनेर उनीहरू खोज्न हिँडे तर बाटो त्यति राम्रो नभएको कारण उनीहरू हिले धनकुटा आउन सकेनन्। त्यसपछि भोलिपल्ट चौकीमा खबर गरि उनले प्र’हरी’लाई वडा नं.४ को वडाध्यक्षलाई बुझिदिन भनेपछि उनले बुझेर हो रहेछ।अहिले उसकै अङ्कलले खाना खुवाएर बाइकमा लिएर गएको छ भन्ने कुरा आयो।

त्यसपछि भेटाउन सकिन्छ कि भनेर उनीहरू प्रशासनसँगै खोज्न भनेर हिँडे तर भेटाउन सकेनन्। त्यतिबेला बाटो पनि पानीले हिलाम्मै भएको थियो। त्यस दिन उनले आफ्नी कान्छी आमालाई पनि फोन गरेर म माइत आउँदै छु है क्षमा भनेर भनेकी रहेछिन् ।उनको अङ्कलले राती फोन झट्ट हेर्दाखेरी अनिष जस्तै देखिने एकजना मान्छेले कल गरेको भनेर भनिएको छ।चौकीमा उनले खबर गरिसके पछि विदेश मा भएको उनको भाइले मेरो दिदी कहिँकतै हरायो र केही भयो भने तँलाई छोड्दिन भनेर ध’म्की समेत दिएको थियो।अहिलेसम्म उनी भेटिएकी छैनन्, छोराछोरीको बिचल्ली छ,सानो दुई वर्षको छोरा ममीसँग जाने भनेर रुइरहन्छ।कृपया विस्तृत रुपमा हेर्नको लागि तल भिडियो सामाग्री प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला,र सक्दो सेयर गरि उहाँको खोजीमा सहयोग गरिदिनुहुन पनि हार्दिक अनुरोध गर्दछौँ।धन्यवाद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News