बैतडी– मन्दिरको सुन चोरी गर्ने कार्यमा संलग्न एमाले नेता कार्की सहित ५ जनालाई बैतडी प्रहरीले पक्राउ गरेको छ ।बैतडीको दोगडाकेदार गाउँपालिका १ रिमको लटीनाथ मन्दिरबाट सुन चोरी गर्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।एमालेका जिल्ला कमिटी सदस्य समेत रहेका

“स्थानीय लाल बहादुर कार्की अनि सोही ठाउँका हरिकृष्ण सार्कीको योजना मा नै सुन चोरी भएको विषय प्रारम्भिक अनुसन्धान बाट खुलेको छ । गत माघ महिनामा मन्दिरको सुन चोरी भएको भए पनि मन्दिरका पुजारी नैन सिँहसार्की ले चैत्र महिनामा मात्रै मन्दिरको ९ तोला सुन चोरी भएको

थाहा पाएका थिए ।सुन चोरी भएको थाहा पाए पछि गाउँ मा खोजी निति हुने क्रममा स्थानियहरुले संखाको आधार मा २१ बर्षीय धनबहादुर कार्की र ३५ बर्षीय केशव सार्की लाई नियन्त्रणमा लिएर असार २४ गते प्रहरी को जिम्मा लगाएका थिए । स्थानियले दिएको जाहेरीका आधारमा

सोही दिन उनीहरुको नाममा चोरी सम्बन्धी कसुरमा मु,द्धा दर्ता भएको थियो भने प्रहरीले थप अनुसन्धानका लागी उनीहरुलाई नियन्त्रणमा समेत लिएको थियो ।उनीहरुले अपराध स्वीकार्दै चोरीमा अरु पनी संग्लन भएको बयान दिए पछि २ दिन अगाडी थप ३ जनालाई पक्राउ गरिएको

ईलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले बताउनुभयो ।उनीहरुको बयानमा आधारमा नेकपा एमालेका नेता समेत रहेका स्थानिय लाल बहादुर कार्की, सोही ठाउँका हरिकृष्ण सार्की र चोरीको सुन खरिद गरेको आरो,पमा दार्चुलाको गोकुलेश्वरका सुन ब्यवसायी भुवन

शाहुलाई प्रक्राउ गरिएको शाहीले बताउनु भएको छ ।शुरुमा पक्राउ परेका २ जनाले सुन चोरीको मुख्य योजना लाल बहादुर कार्की र हरिकृष्ण सार्कीको रहेको बयान दिएका प्रहरीको भनाई छ । यस्तै बिल बिनाको सुन खरिद गर्नु गैर कानुनी भएकाले सुन ब्यबसायी

शाहुलाई पनी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।स्थानियहरुले जाहेरीमा ९ तोला चोरी भएको भन्ने निबेदन दिए पनि अहिलेसम्म उनीहरुको साथबाट पौने ४ तोला सुन मात्र बरामद गरिएको छ । ९ तोला मध्येको बाँकी सुन खरिद बिक्रिमा अन्य पनी संग्लन भएको आंसकामा प्रहरीले अनुसन्धान गरिरहेको छ । दिब्यास्त्र बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News