काठमाडौं । इजरायलमा सुसारे (केयरगिभर) रूपमा एक हजार नेपाली दक्ष श्रमिकको माग आएको छ । वैदेशिक रोजगार विभागका अनु सार इजरायलबाट सरकारी तवर बाट केयरगिभर को माग आएको हो ।

विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इजरायल र नेपाल सरकारबीच भएको सम्झौता अनुसार इजरायलबाट एक हजार केयरगिभरका लागि माग आइसकेकाले सामा न्य अवस्था रहेमा अब’को एक\डेढ हप्ताभित्र विज्ञापन खुल्ने जानकारी दिए ।

माग’अनुसार विज्ञापन गर्न इजरायलसँग अन्तिम स्वीकृ तिको अनुु’मतिको माग गरिएको र स्वीकृति प्राप्त हुनासाथ विज्ञापन गरिने उनले स्पष्ट गरे ।

नेपाल कोरोना सङ्क्रमण उच्च जोखिममा नै रहेकाले तत्कालै विज्ञापन खुलाउने अनुमति दिनलाई गा`ह्रो मान्छ कि भन्ने मात्रै हो,” उनले भने, “विदेश जानेलाई खो’प आइसकेकाले यति कार’णले रोक्दैन कि भन्ने लागेको छ । ”

महानिर्देशक दवाडीले इजरायल र नेपालबीच भएको समझदारीमा पहिलो चर’णमा पाँच सय जना मात्रै प्रशि क्षार्थी लैजाने भनिएकाले विज्ञापन गर्दा एक हजारको गर्ने कि पाँच सय भन्ने टुङ्गो नलागेको बताउनुभयो ।

विभा’गले विज्ञा’पन खुलाउन आएको माग अनुसार नै खुलाउन अनुमति माग्ने तर सबै टुङ्गो पनि विज्ञापनको अनुमतिपत्रमै आउने विश्वास उनले व्यक्त गरे ।

उनका अनुसार केयरगिभरमा इजरायल जानका लागि २१ दिनको म्याद राखेर आवेदन खुल्नेछ र आवेदन माग गर्दा तोकिएको यो’ग्यता पुगेका आवे’दकले आ’वेदन दिन सक्नेछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News