
अभिनेत्री प्रियंका कार्की ग’र्भवती छन्। सामाजिक सञ्जा लमा सक्रिय उनले आफ्ना फोटा र भिडिओ पोस्ट गरिरहे की हुन्छिन् ।उनी आफूले ग’र्भावस्था ‘सेलेब्रेट ‘ गरिरहेको बताउँछिन्। तर पछिल्लो समय सामाजिक सञ्जालमा राखेका फोटाकै कारण प्रियंका र उनका श्रीमान आयुष्मा न देशराज जोशीले आ’लो’च’ना पनि खेप्नुपरेको छ।
कतिपयले ग’र्भ रहेको पेट देखाएर ‘अं’ग प्रदर्शन’ गरेको भन्दै टिप्पणी गरेका छन्। अरू धेरैले उनक समर्थन गर्दै शुभकामना दिएका छन्। प्रियंका भने यी सबै कुराले आफूलाई प्रभाव नपार्ने बताउँछिन्। भन्छिन्, ‘ आमा बन्नु एकदम खुसीको कुरा हो। म आफ्नो खुसी बाँड्न मन पराउँछु। म जस्तो छु,
त्यस्तै देखाउन पनि चाहन्छु। मैले त्यही खुसी सामाजिक सञ्जालमा सेयर गरेकी हुँ। मलाई नराम्रो भन्नुमा मेरो केही दो’ष छैन। दो’ष दे ख्नेको मलाई वास्ता पनि छैन। राम्रो भन्नेहरू पनि धरै हुनु हुन्छ। उहाँहरूको प्रतिक्रिया देखेर मलाई अझ खुसी लाग्छ।’ विदेशतिर, अझ विशेषगरी कलाकार र सेलेब्रेटीहरूले ग’र्भावस्थाको फोटो-भिडिओ खिच्नु,
सामाजिक सञ्जालमा राख्नु, गर्भावस्थाबारे कुराकानी गर्नु सामान्य मानिन्छ। हामीकहाँ भने गर्भावस्था अझै पनि छलफल र कुराकानीको विषय होइन भन्ने मान्यता छ।प्रियंका भन्छिन्, ‘कति धेरै दिदीबहिनीहरूले मलाई गर्भावस्थाबारे सोध्नुहुन्छ। यसबारे जानकारी होस्, अनुभव हरू बाँडियोस् भनेर पनि म कुरा गरिरहेकी हुन्छ।
म ग’र्भवती हुनुअघि जसरी फोटा राख्थेँ, अहिले त्यसरी नै राखिरहेकी छु। पहिले तारिफ र प्रशंसा गर्नेहरूलाई अहिले किन आपत्ति? ग’र्भ रहेको पेट किन समस्या भएको हो?’ प्रियंकाको ग’र्भावस्था अनुभव र सामाजिक सञ्जालमा आएका प्रतिक्रिया वरपर रहेर हामीले उनीसँग कुराकानी गरेका छौं। हेर्नुहोस् उनीसँगको पूरा कुराकानी भिडिओमाः