
काठमाण्डौ जनता समाजवादी पार्टी (जसपा) का कार्य कारिणी सदस्य राजेन्द्र महतोले निर्वाचन आयोगले आफ्नो पार्टी फुटाएको आरोप लगाएका छन् ।आ”फूहरुले पार्टी विभाजनको माग नगरे पनि निर्वाचन आयोगले भने पार्टी विभाजन गराएको महतोले आरोप लगाएका हुन् आयोग
मा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै महतोले भने, ‘दल जन ताबाट निर्माण हुने हो । ५१ जनामात्र दल होइन भन्ने सम्पूर्ण नेपाली जनताले बुझेका छन् । हामीले विभाजनका लागि प्राविधिक काम यहाँ गर्यौँ, यो दूर्भाग्यपूर्ण काम हो ।’
‘एक सालअघि उपेन्द्र यादवजीको पार्टी विभाजन भइरहे
को थियो । एक सालभित्र आजको अवस्था आउँछ भनेर हामीले कल्पना पनि गरेका थिएनौँ । त्यही भएर हामी अब ज’नता मै जाने हो,’ महतोले भने, ‘यो अ”वस्था का लागि” हामीले एक वर्षअघि उपेन्द्र यादव”को पार्टी हामीले बचाइ दिएका थिएनौँ । हामी देशमा वैकल्पिक शक्ति निर्माण गर्न
र शोषण उत्पीडनमा परेका जन’तालाई न्याय दिन हामी” एकताब”द्ध भएका थियौँ । त्य’सको ठीक विप’रीत यहाँ प्राविधिक पक्ष यहाँ देखाएर विभाजन गर्न खोजिएको छ । यो दूभाग्यपूर्ण हो । जनता अब वैकल्पिक शक्ति निर्माणको प्रक्रि”यामा अघि बढ्छ ।यो बहुराष्ट्रिय राज्य हो यो सम्पूर्ण नेपालीको देश हो । हामी विचलित हुँदैन ।’
“पार्टीमा आ’धिकारिकताका लागि यति बेला निर्वाचन आयोगमा पार्टीका कार्यकारिणी सदस्यहरुको सनाखत चलिरहेको छ । कार्यकारिणी समितिका बहुमत सदस्य हरुले पार्टी अध्यक्ष उपेन्द्र यादवको पक्षमा सनाखत गरेको सो पक्षले दाबी गरेको छ । यसबारे निर्वाचन आयोगको आधिकारिक फैसला आउन बाँकी रहेको छ ।