
विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजीको प्रस्ताव गरेका छन् । ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ नामक दस्तावेजमार्फत मिश्रले आफ्नो प्रस्तावलाई छलफलका लागि बाहिर ल्याएका हुन् ।उनले स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी,
धर्मनिरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव गरेका हुन् । उनले संघीयता थप भ्र`ष्टाचार र आर्थिक भारको स्रोत बनेको, नेपालको अ`खण्डताका लागि पनि घा`तक बनेको र नेपालका प्रमुख संस्थाहरुलाई क्षयीकृत गर्ने अर्को क’डी भएको जिकिर गरेका छन्
यो पनि,,सभामुख सापकोटा र अर्थमन्त्री शर्माबीच भेटवार्ता’११ साउन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्माबीच भेटवार्ता भएको छ ।सोमबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा संसदलाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालनका लागि आर्थिक व्यवस्थापनका विषयमा छलफल भएको बताइएको छ ।’
त्यसक्रममा सभामुख सापकोटाले विपद् संक टग्रस्त क्षेत्र घोषित जिल्लाहरुमा सरकारको प्राथमिकताबारे जिज्ञासा राखेका थिए । अर्थ मन्त्री शर्माले विपद्ग्रस्त सिन्धुपाल्चो कको मेलम्ची क्षेत्रमा तत्काल बेलीब्रिज राख्न निर्देशन दिइसकेको जानकारी दिए ।
सरकारले साउन ४ गते सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
यो पनि,,पूर्वमन्त्रीको उपस्थितिमा पशुपति मन्दिर अगाडि बाग्मतीमा एक सय लिटर दुध चढाइयो
पशुपतिनाथ मन्दिर अगाडि बाग्मती नदीमा हिन्दुधर्मा लम्वीले एकसाथ एक सय लिटर दुध चढाएका छन्। तिथी अनुसार श्रावण महिनाको पहिलो सोमबारको अवसरमा पशुपतिनाथलाई दुध अपर्ण गरिएको उनीहरुले बताएका छन्।
दुध अपर्ण कार्यक्रममा नेपाल फाउण्डेसनका अध्यक्ष विकासकुमार ठाकुर, पूर्व पर्यटनमन्त्री उमाशंकर अरगरिया, राजनीतिक विश्लेषक देवेश झालगायत सहभागी थिए।
सनातन धर्म संस्कृतिमा श्रावण महिनालाई शिवको महिना भनिने र यो महिनामा शिव महिमा गाइने प्रचलन छ ।शिवपूजा, रुद्राभिषेक, शिवसाधना, शिवदर्शन, शिवालय आदि तीर्थहरूको तीर्थयात्रा,
शिवभक्ति लगायतका व्रत, अनुष्ठान आदि गरी यो महिनालाई साधनामय बनाउने गरिन्छ। यस सन्दर्भमा शिवपूजा विशेषतः रुद्राभिषेक बढी गरिने र दुग्धधारा अर्पण गरिने गरिन्छ।
दुध अर्पण गर्दा शिव भक्ति पनि बढ्ने, सो भक्तिबाट प्राप्त हुने करुणाबाट आत्मोन्नतिको साथमा सम्भावित दुष्परि णामको पनि भय नहुने हुँदा यो महिनामा शिवाराधना गर्दा शिवलाई अत्यधिक मात्रामा दुध अर्पण गरिन्छ।
यसअघि जनता समाजवादी पार्टी जसपाका नेता डा. बाबुराम भट्टराईले एक ट्विट सेयर गरेका थिए । सो ट्विटमा गंगा नदीमा दुध अपर्ण गरिरहेका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो रहेको थियो ।
फोटो माथि ‘आस्था खतरनाक चिज हो यसले तपाईँलाई दुध फालेर पिसाब पीउन भन्छ’ लेखिएको थियो । नेता भट्टराईको सोही ट्विटलाई लिएर नेपाल मात्रै नभई भारतमा समेत हिन्दु आस्थाका व्यक्तिहरुले चर्को आलोचना गरेका थिए।
दुध अर्पण गर्नुका पछाडि धार्मिक आस्थासँगै वैज्ञानिक कारणसमेत रहेको नेपाल फाउण्डेसनका अध्यक्ष ठाकुर को भनाइ छ । नेता भट्टराईले झण्डै ८३ प्रतिशत हिन्दु नेपालीमाथि ठेस पुर्याएको फाउण्डेसनका अध्यक्ष ठाकुरको भनाइ छ ।
ठाकुरका अनुसार अब जनकपुरमा पनि दूध चढाउने योजना छ। ‘सम्भवतः अर्को सोमबार प्रदेश २ का प्रदेश प्रमुखको उपस्थितिमा गंगासागरमा दूध अर्पण गर्नेछौं’, ठाकुरले भने।