नेकपा  एमालेका  यूवा  नेता  तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराइले ‘कमेडी  च्याम्पियन  २’का  प्रतिस्पर्धी  भरतमणी पौडेलका लागि भोट  गर्न  अपिल गरेका  छन् । केही  दिन अगाडि  योगेशकै   पहलमा   भरतमणीका  लागि  ६ लाख पुरस्कार समेत घोषणा गरिएको थियो ।

जसमा, १  लाख  रुपैयाँ  योगेश  आफैले  पनि दिएका छन् ताप्लेजुङका  भरतमणीलाई  च्याम्पियन  बनाउन योगेशले सम्पूर्ण   नेपालीसँ   ग भोट   अपिल   गरेका   हुन् । उनले सामाजिक  संजालमा  लेखेका छन्–‘अहिले चर्चामा रहेको कमेडी रियालिटी  शो कमेडी  च्याम्पियन  २ का प्रतिस्पर्धी हरु सबै अब्बल छन् ।

त्यसमध्ये  पनि   भरतमणी  पौडेल  मलाई   हाँस्य  ब्यङ्ग्य क्षेत्रको   उदाउँदो   मणी   जस्तो  लाग्छ   । कञ्चनजंघाको फेदमा, तमोर नदीको चिसो पानी खाँदै, पाथिभरा माताको छत्रछायामा  हाम्रै  गाउँ  घरमा  हुर्केका  यी ताप्लेजुङे ठिटो हाम्रो प्रिय छदैछन्, त्यो भन्दा पनि बढी प्रतिभाशाली छन् ।

कमेडी  च्याम्पियनको  ताज प्राप्त गर्ने यीनको दौडमा भोट मार्फत होस्टेमा  हैंसे  गर्दा  सबै  नेपालीले  पनि  आनन्दको अनुभुती  गर्नुहुनेछ  । यो मेरो व्यक्तिगत अनुभुती मात्रै हो । बाँकी निर्णय  अधिकार त तपाइँहरुकै । सबै प्रतियोगीलाई मेरो शुभकामना छ ।’

अहिले  यो  शोको  उत्कृष्ट  ६  मा पुगेका प्रतिस्पर्धीहरुलाई जिताउनका   लागि   उनीहरुका   क्षेत्रका   मुख्यमन्त्रीदेखि नेताहरुसम्म सक्रिय देखिएका छन्।साभार:अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News