बुधबार  नेपाली  बजारमा सुनको मूल्य ३०० रुपैयाँले वृद्धि भएको   छ   । नेपाल   सुनचाँदी   व्यवसायी महासङ्घका अनुसार  आज  सुन   प्रतितोला  ३००  रुपैयाँले  बढेर  ९२ हजार १०० रुपैयाँ पुगेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य समेत सोही दरमा वृद्धि हुँदै प्रतितोला ९१ हजार ६००  रुपैयाँ पुगेको छ । यता चाँदीको मूल्य भने बुधबार अधिकतम प्रतितोला १५ रुपैयाँले घट्दै एक हजार २५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ

यो पनि,,संघीय सरकारले पदमुक्त गरेका लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवलाई  बुधबार  प्रदेश सरकारले बिदाइ गरेको छ ।बिहान एक  समारोहका  बीच  मुख्यमन्त्री शंकर पोखरेलले  पदमुक्त   भएका  यादवको बिदाइ गरेका हुन् ।मन्त्रिपरिषदको  सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी प्रदेश

प्रमुख  यादवलाई  हटाएर  उनको  स्थानमा अमिक शेरचन लाई  नियुक्त   गरेकी   छन् । यादव   तत्कालीन   एमाले र माओवादीको भागवण्डाका   आधारमा  १८ कात्तिक ०७६ मा लुम्बिनी प्रदेश प्रमुखमा  नियुक्त भएका थिए । यादवको कार्यकाल  भने  सुखद् रहेन ।पछिल्लो समय विपक्षी गठब न्धनले प्रदेश प्रमुखमाथि

सत्तारुढ   दलको   स्वार्थ   बोकेको  र   प्रदेश  सरकारलाई संरक्षण गरेको आ’रो’प  लगाउँदै आएको थियो ।प्रदेशसभा मा मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव माथि  छलफल  गर्नका  लागि १९ वैशाखमा प्रदेशसभाको बैठक आह्वान भएको थियो ।

तर , मुख्यमन्त्री   पोखरेलले   त्यही  दिन   बिहान  पदबाट राजीनामा दिए । नाटकीय रुपमा  सोही दिन साँझ उनलाई प्रदेश प्रमुख यादवले पुनः मुख्यमन्त्रीमा नियुक्त गरेका थिए आफ्नै निवासमा विपक्षी दलहरुले धर्ना दिइरहेको अवस्था मा सुरक्षाकर्मीको घेरामा  बाहिरिएका प्रदेश प्रमुखले सोही रात मुख्यमन्त्रीको  कार्यालयमा  गएर  मुख्यमन्त्री पोखरेल लाई शपथ गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News