लुम्बिनी  प्रदेशकी उद्योग वन तथा वातावरणमन्त्री कल्पना पाण्डे ।लम्साल  गम्भीर  वि’रामी  परेकी   छन्।  आईतबार रातिदेखि अचानक दुवै खुट्टा न’चल्ने र श’रीर शिथिल बन्दै गएपछि  काठमाडौंको नर्भिक अस्पतालमा मन्त्री पाण्डेको उपचार भईरहेको छ। जनता   समाजवादी  पार्टी (जसपा) महन्थ ठाकुर पक्षबाट

लुम्बिनी प्र’देशसभामा  समानुपातिक  सदस्य बनेकी पाण्डे पहिलो पटक गत वैशाख  ६ गते र दोस्रो पटक वैशाख १९ गते मन्त्री नियुक्त  भएकी थिईन्।आइतबार दिनभर विभिन्न कार्यक्रममा सहभागि  भएकी  पाण्डे  रातीदेखि   अचानक वि’रामी परेपछि  रुपन्देहीको भैरहवा र बुटवलहुँदै  काठमा डौं पुर्‍याईएको हो।

मन्त्री   पाण्डेका   पति   नवराज   लम्सालले चिकित्सकले उनलाई न्यु’रोसम्बन्धी रो’ग (जिडिएस)  भएको  जानकारी गराएको र सोही अनुसार उपचार भईरहेको बताएका छन्।
चिकित्सकले  ईम्युनोसिस्टम  क’मजोर  बन्दै   गएर  खु’ट्टा नचल्ने र शरीर शिथिल बन्दै  गएको  बताए पनि के कारण यस्तो भएको  भन्ने यकिनसाथ  भन्न नसकिएको लम्सालले जानकारी दिए।

‘के कारण यस्तो भएको हो चिकित्सकले पनि यसै भन्नुभए को छैन, कोभिड  वि’रूद्धको खो’पको  कारण  पनि यस्तो समस्या  देखिन  सक्ने  बताउनुभएको छ,’ लम्सालले भने।लम्सालका  अनुसार  मन्त्री  पाण्डेले  गत  असार  २३  गते लुम्बिनी प्रादेशिक अस्पतालमा कोभिशिल्डको दो’स्रो डोज खो’प लगाएकी थिईन्।

खोप  लगाएको  ती न सातासम्म  खो’पको  असर नदेखिए पनि २१  दिनपछि  अचानक  खुट्टा  नचल्नुका  साथै शरीर शिथिल  बन्दै   गएको  थियो ।मन्त्री   पाण्डे गत आईतवार दिनभर  रूपन्देहीमा म’हि’लाले   सञ्चालन   गर्न  लागेको अस्पतालको  शिलान्यास   कार्यक्रममा   सहभागि  भएकी थिईन्।

साँझ  खाना खाएर सुत्ने  समयमा  अचानक  दुवै खु’ट्टाको घुँ’डादेखि तल झमझम बन्दै चल्न बन्द भएपछि युनिभर्सल कलेज अफ  मेडिकल  साईन्सेज  भैरहवा लगिएको थियो। पछि मुटुको  समस्या  हुनसक्ने  भन्दै उनलाई बुटवलस्थित गौतमबुद्ध सामुदायिक मु’टु अस्पतालमा ल्याईएको थियो।

भैरहवा  र  बुटवलमा  परीक्षण र उपचार गर्दा नशासम्बन्धि समस्या  देखिएपछि   उनलाई  काठमाडौं   लगिएको  पति लम्सालले बताए। शुरूमा  खुट्टाको घुँ’डादेखि त’ल  नचल्ने हुँदै उनको  अहिले  झमझम  गर्ने र नचल्ने क्रम कम्मरसम्म पुगेको छ।मंगलबारदेखि  भने कमजोर बन्दै गएको ईम्युनो सिस्टम   बढाउने  सुई  लगाउन  शुरु  गरिएको   लम्सालले बताएका छन्।

ईम्युनोसिस्टम   बढाउने   एउटै  सुईलाई  १८  हजार पर्ने र दैनिक ६ वटा सुई  लगाउनुपर्दा उपचारमा आर्थिक समस्या भएको उनले बताए।  ‘चिकित्सकले एकै दिनमा सवालाख को सुई मात्रै  लगाउनुपर्छ  भन्नु  भएको  छ, उपचार पद्धति महंगो भए पनि कहिलेसम्म रोग निको हुन्छ भनेर चिकित्स कले पनि भन्न सक्नुभएको छैन’, उनले भने।

यसैबीच   जनता    समाजवादी   पार्टी   (जसपा) ले मन्त्री कल्पना पाण्डे लम्सालसहित लुम्बिनी प्रदेशका तीन सांसद लाई कारबाही  गर्ने तयारी  गरेको  छ।जसपा कार्यकारिणी समितिको   मंगलबार   बसेको   बैठकले   लुम्बिनी   प्रदेश सरकारमा सहभागी  सांसदहरुलाई   बर्खास्त गर्न प्रदेशका सभामुखलाई पत्र लेख्ने निर्णय गरेको हो।

प्रदेश  सांसदहरु   विजयबहादुर   यादव,   कल्पना   पाण्डे लम्साल र सन्तोष पाण्डेलाई सांसदबाट निश्कासन गर्न पत्र पठाउने  निर्णय  भएको  एक  कार्यकारिणी  सदस्यले सेतो पाटीलाई बताए। यसअघि  विजयबहादुर  यादव,   कल्पना पाण्डे लम्साल,  सन्तोष  पाण्डे र सुमन शर्मा रायमाझीलाई जसपाको बहुमतले निष्कासन गर्ने निर्णय गरेको थियो।

बहुमतको निर्णयकै आधारमा प्रदेशका सभामुखले उनीहरु लाई  निष्कासन   गरेका थिए।  तर   उनीहरुलाई   सर्वोच्च अदालतले  पुनर्बहाली   गरिदिएको  थियो  ।रायमाझी भने यसअघि  सरकारबाट  बाहिरिसकेकी छन्। जसपा अध्यक्ष उपेन्द्र  यादव  पक्षले   आधिकारीकता   पाएको भोलिपल्टै उनीहरु का’र’बा’हीमा परेका हुन्। साभार: सेतोपाटि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News