काठमाडौं, १२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारको गृहकार्य गरि रहेका छन् । उनले गठबन्धनका दलहरुसँग छलफल अगाडि बढाएका छन् । देउवा सरकार मा उपप्रधानमन्त्रीसहित मह’त्वपूर्ण मन्त्राल यको दौडमा नेपाली काँग्रेस,

‘नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल पक्षबाट दा`बी देखिएको छ । देउवाले उप प्रधानमन्त्रीमा व’रिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट बनाएर व्यवस्थापन गर्ने तयारी गरेका छन् ।’

‘विश्वस्त स्रोतका अनुसार उपप्रधानमन्त्रीसहित परराष्ट्रमा सुजाता कोइराला या कृष्णबहादुर महरामध्ये एकको सम्भावना बलियो छ ।’

‘कोइरालालाई उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनाउन महामन्त्री डा. सशांक कोइरालाले समेत पहल गरिरहेका छन् । महरालाई उपप्रधानमन्त्री बनाउने बाटो खोल्ने गरी कदमहरु चालिएका छन् ।’

‘जनता समाजवादी पार्टीबाट उपप्रधानमन्त्री सहित महत्वपूर्ण मन्त्रालयमा अध्यक्ष उपेन्द्र यादव नै जाने सम्भावना छ ।’

‘नेकपा एमालेको माधवकुमार नेपाल पक्षबाट उप प्रधा नमन्त्रीसहित म’हत्वपूर्ण मन्त्रालयमा बामदेव गौतमको दाबी छ । गौतमले गृह या भौतिक पूर्वाधार मन्त्रालयमध्ये एउटा मागेको बुझिएको छ ।’

‘गौतम सरकारमा नगए घनश्याम भुसाल या गोकर्ण बि’ष्टमध्ये एकलाई उपप्रधानमन्त्रीसहित म’हत्वपूर्ण मन्त्रालयको जिम्मेवारी लिने गरी स’रकारमा लाने तयारी भइ’रहेको छ ।’

‘दुवैलाई अध्यक्ष केपी शर्मा ओलीको गुटमा जान न’दिन नेपालले पहल गरिरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News