राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसी सीको विरोध गरेका छन् । प्रधानमन्त्री निवास बालुवा टारमा बुधबार बसे’को सत्तारुढ गठबन्धनको बैठकमा उनले एमसीसीको विरोध गरेका हुन् ।

यस्तै संघीयताको विषयमा पनि उनको विरोध रहेको थियो । बैठकमा केसीले नेपाली जनता कोभिडविरुद्ध’को खोप नपाएर अकालमा ज्यान गुमाउन बाध्य भइरहेको अवस्था मा गठबन्धनको सरकार

गम्भीर बन्न नसकेको बरु एमसीसीलाई अघि बढाउने ध्या’उन्नमा लागेको भन्दै विरोध गरेको एक नेताले बताए । जनता कोरोनाविरु’द्धको खोप नपाएर मरिरहेका छन् ।

तपाईहरु एमसीसी कसरी पास गर्ने र संघीयता धरापमा पर्योमात्रै भन्नुहुन्छ । अनि कसरी जनता ले यो गठबन्धनको सरकारलाई विश्वास गर्ने ? ’केसीको प्रश्न थियो ।’

‘उनले गठबन्धनले सधैं संघीयताकै रटान लगाउ ने र एमसीसीकै कुरा गर्ने हो भने आफ्नो पार्टी गठबन्धनबाट बाहिरिने चेतावनी दिएका थिए ।’

‘गठबन्धन खाली संघीयता र एमसीसीको पछि लाग्ने हो भने हामी प्रतिपक्षमा बस्छौँ’, केसीको भनाइ थियो ।’

‘मंगलबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता भएको थियो । सो वार्तामा एमसीसीको विषयमा छलफल भएको बुझिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News