काठमाडौं ।  सिन्धुपाल्चोकको  मेलम्चीका  बा’ढी पी’डि’त सव– डिलरहरुलाई  डिशहोमले   राहत   सहयोग  उपलब्ध गराएको छ । डिशहोमको  सुरुवाती  समय  देखि डिलरको रुपमा जोडिएका व्यवसायीले संचालन  गरिरहेको पसलमा बा’ढी’का कारण सम्पूर्ण  सामानसँगै डिशहोमको उपकरण (एण्टेना, सेटअप बक्स) मा समेत

क्ष’ति पुगेपछि डिशहोमले सहयोग गरेको हो । त्यस क्षेत्रमा रहेका  डिशहोमका   ग्राहकहरुलाई  रिचार्ज    तथा   अन्य आवश्यक सहयोग उपलव्ध गराउन सहज होस् भन्ने उद्देश्य ले प्रत्यक्ष  रुपमा   अति प्रभावित मेलम्चीका ५ जना सव–डिलरहरुलाई  जनही  १  लाख  रुपैयाँ  राहत स्वरुप प्रदान गरिएको

डिशहोमले  जनाएको  छ । डिशहोमको  तर्फबाट  रिजनल सेल्स  म्यानेजर   मनोज   शर्मा  र  एरिया  सेल्स  म्यानेजर उज्जवल न्यौपानेले   राहत  रकम हस्तान्तरण गरे । बा’ढी’ बाट अति प्रभावित सव–डिलर झलक बहादुर पण्डित, नेत्र बहादुर खड्का, दुलाल फोटो स्टुडियो, नवराज आचार्य

र दिनेश बरुवाललाई  राहत रकम प्रदान गरिएको डिशहोम ले जनाएको   छ । असारको     पहिलो   सातामा  आएको वि’ना’श’कारी बा’ढी’का कारण  सिन्धुपाल्चोकको मेलम्ची बजारमा अतुलनीय  क्ष’ती  पुगेको  थियो । मेलम्ची  खोला छेउको ३ दर्जन भन्दा बढी घर पुर्ण क्ष’ति भएको छ

भने  सयौं  घरहरु  प्रभावित  भएका  छन् । खोला थुनिएर बस्तीमा  लेदो   सहितको   बा’ढी  पस्दा  मेलम्ची बजारमा व्यापार व्यवसाय गरेर बस्ने  व्यवसायीहरुले सवैभन्दा ठूलो क्ष’ति बेहोर्नु परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News