सर्वोच्च  अदालतले   गण्डकी    प्र’देशसभाबाट   प’द’मुक्त भएका कृष्ण  थापालाई   पुनर्बहाली  गर्न अन्तरिम आदेश दिन अ’स्वीकार गरेको छ । बुधबार  न्यायाधीश ईश्वरप्रसाद खतिवडा  र   मनोजकुमा र   शर्माको   संयुक्त   इजलासले थापालाई  पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अ’स्वीकार गरेको हो ।

आदेशमा  भनिएको  छः ‘निवेदक   थापालाई   सुनुवाइको मौकासमेत  प्रदान गरी राजनीतिक दलसम्बन्धी ऐन २०७३ को  दफा  २८, ३२  र  ३४   समेतका   दल   त्यागसम्बन्धी का’नुनी  प्रावधानका  आधारमा प्र’देशसभा सदस्य पदबाट हटाएको  देखिएको   र  निवेदकले    उठाउनुभएका  अन्य कानुनी प्रश्नहरुको निरुपण  पूर्ण  सुनुवाइका  अवस्थामा नै गर्नु मनासिव हुने प्रकृतिको देखिएको हुँदा अहिले अन्तरिम आदेश जारी गर्नुपरेन ।

’थापालाई   उनको   दल  राष्ट्रिय  जनमोर्चाले नयाँ सरकार गठनका क्रममा काँग्रेस  नेतृत्वको गठबन्धनलाई साथ दिन अस्वीकार  गरेको  आ’रो’प’मा  निष्काशन  गरेको  थियो । निष्कासन गरिएलगत्तै त्यसका वि’रुद्ध सर्वोच्च अदालतमा रिट दायर  भएको थियो । सर्वोच्चले सोही रिटमा अन्तरिम आदेश दिन  अस्वीकार  गरेको हो । पार्टीबाट निष्कासनमा परेपछि उनको प्रदेशसभा पद गुमेको छ ।

यो पनि,,
रेशम  चौधरी   अन्ततः  जनता  समाजवादी पार्टी (जसपा) नेपालमा नै रहने भएका छन् । पार्टीको आधिकारिकताका लागि  भएको  ‘हेड काउन्ट’   मा   तटस्थ  बसेका चौधरीले जसपाको  मूलधारमा  नै रहने  निर्णय गरेका हुन् ।पार्टीको कार्यकारिणी  समिति  सदस्य रहेका चौधरीलाई का\र’वाही गर्ने वा नगर्ने  बारे आज  पार्टीको बैठकमा छलफल भएको थियो ।

छलफलका  क्रममा बैठकबाट नै कारागारमा रहेका चौधरी लाई फोन गरेर कता  रहने भनेर  सोधिएको  थियो । बैठक मा सहभागी जसपाका  एक कार्यकारिणी समिति सदस्यले रातोपाटीलाई  भने, ‘वहाँले  म  जसपामा  नै रहेको जवाफ दिनुभयो  ।’रेशमको    जवाफपछि    चौधरीलाई   पार्टीको कार्यकारिणी   समितिमा  कायम  गरिएको   ती  सदस्यको भनाइ छ ।

निर्वाचन  आयोगले   जसपाका  अध्यक्ष  उपेन्द्र  यादवलाई पार्टीको  आधिकारिकता   दिएपछि  यादवले महन्थ ठाकुर पक्षका कार्यकारिणी  सदस्यहरुलाई  कारवाहीको  प्रक्रिया थालेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News