काठमाण्डौं।प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बिस्तार गर्दै उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् । लामो समयसम्म शिक्षा क्षेत्रमा लगानी गर्दै पछिल्लो समयमा विभिन्न क्षेत्रमा लगानी बिस्तार गरेका श्रेष्ठ नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभाका सांसद समेत हुन्।”

“भोजपुरमा जन्मिएका श्रेष्ठ ४२ वर्षअघि काठमाडौं”आए का थिए । तत्कालीन समयमा २ हजार रुपैयाँ बो”केर राजधानी छिरेका उनी हाल २० अर्ब रुपैयाँको मा लिक” बनेका छन्।”“शिक्षा क्षेत्रमा सबैभन्दा धेरै लगानी गरेका उनले पछिल्लो समयमा बैंक, स्वास्थ्य, पर्यटन,कृषि र जल

विद्युत् क्षेत्रमा पनि लगानी बिस्तार गरेका छन्।श्रेष्ठ यस अघि निजी विद्यालयहरुको संघ प्याब्स”न र हिसानमा” अध्यक्ष समेत भएका थिए । त्यसैगरी संविधान सभामा सभासद समेत थिए।”“प्राइम बैंकको सबैभन्दा ठूलो सेयर धनी उमेश श्रेष्ठ हुन् ।१६ अर्ब चुक्ता पूँजी रहेको प्राइम बैंक

मा उमेश श्रेष्ठले ३.१० प्रतिशत सेयर छ । यो भनेको ४९ लाख ८५ हजार ४३५ कित्ता सेयर हो।आइतबार प्राइम बैंकको सेयर मूल्य ५२९ रुपैयाँमा कारोबार भएको छ । यस आधारमा उमेश श्रेष्ठको नाममा रहेको सेयर हेर्दा प्राइम बैंकमा मात्रको उनको सम्पत्ति २ अर्ब ६३ करोड रुपैयाँ हुन्छ ।”

“संस्थापक र साधारण सेयरको मूल्य फरक हुँदा रकम भने फरक पर्छ । तर २ अर्बभन्दा बढीको सम्पत्ति उमेश श्रेष्ठको प्राइम बैंकमा मात्र छ । वार्षिक १५ करोड भन्दा बढी रकमको प्रति’फल उमेश श्रेष्ठले लगानी गरेका संस्था मा प्राइम बैंकबाट पाउने अवस्था छ।श्रेष्ठले ललितपुरको

लिटिल एञ्जल्ससँगै विभिन्न विद्यालय र कलेजमा पनि” लगानी गरेका छन्।“श्रेष्ठको लगा’नीमा ९ वटा जलविद्युत् आयोजना छन् । तीमध्ये अधिकांश जलविद्युत् आयोजना निर्माणको क्रममा छन् । त्यसबाहेक उनले पर्यटन क्षेत्रतर्फ चितवनमा सिराइचुली, सेन्ट्रलपार्क लगायतका होटलमा

लगानी गरेका छन् भने धुलिखेलमा पनि हालै निर्माण भइ सञ्चालनमा आ”एको हिमालयन दृश्य रिसोर्टमापनि उनले लगानी गरेका छन्।”त्यसैगरी तनहुँमा घाँसी एग्रो रिसर्च एण्ड रिसर्चप्रालिमा लगानी बिस्तार गरेका छन् भने पोखरा मा उनको लगानीमा नयाँ होटल निर्माण हुँदै त्यसबाहेक

उनले कृषि क्षेत्रमा पनि लगानी बिस्तार गरेका छन् ।हाल उनको नेतृत्वमा जनमैत्री अस्पताल र महेन्द्र नारायण निधि अस्पताल सञ्चालनमा छन् दुबै अस्पताललाईअत्याधुनिक अस्पताल बनाउने उनको योजना छ”महेन्द्र नारायाण निधी अस्पताल ट्रस्टीहरुको लगानीमा सञ्चालनमा आएको हो ।

जसमा १ हजार जना ट्रस्टी छन् भने उनीहरुले २ लाख रुपैयाँदेखि २ करोड रुपैयाँसम्म लगानी गरेका छन् । उन को लगानीमा एकान्तकुनामा हेलोइस अस्पताल पनि छ । जुन अस्पताल उच्च आय भएका वर्गका लागि लक्षित छ।”

अविवाहित श्रेष्ठले लिटिल एञ्जल्स विद्यालयलाई विश्व विद्यालय बनाउने र आफ्नो बाँकी सम्पत्ति ट्रस्टका नाममा राखेर सरकारलाई हस्तान्तरण गर्ने योजना समेत बनाएका छन्। (क्लिकमान्डु) बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News