१४ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई संसदीय दलका नेता सुवास नेम्वाङले भेटेका छन् । नेम्वाङले नेता नेपाललाई भेटेर पार्टी एकतालाई निष्कर्ष मा पुर्याउन आग्रह गरेका छन् ।

दशबुँदे सहमति जुटाउने कार्यदलमा अध्यक्ष केपी शर्मा ओली तर्फबाट नेम्वाङ संयोजक थिए । ‘एकता  को सन्दर्भमा कुराकानी छलफल भयो । तपाईं र अध्यक्ष कमरेड भेटघाट गर्नुहोस् । कुराकानी गर्नुहोस् ।

एकतालाई निष्कर्षमा पुर्याउनुपर्छ भनेको छु,’ नेम्वाङले भने ।दशबुँदे सहमतिको जगमा उभिएर अगाडि बढ्न आग्रह गरेको उनले बताए । ‘दशबुँदे सहमति गरेका छौं ।

यसलाई टुंगोमा पुर्याउनुपर्छ । अब अध्यक्ष र तपाईं कुराकानी गरेर अगाडि बढ्न मात्रै बाँकी छ,’ नेम्वाङको आग्रह थियो ।

जवाफमा नेता नेपालले छलफल गरेर अगाडि बढ्ने बताएका थिए । ‘उहाँले ठिकै छ, छलफल गरौंला नि भन्नुभयो । अरुसँग पनि भे’टघाट गर्छु भन्नुभएको छ,’ नेम्वाङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News