जापानको राजधानी टोकियोमा जारी ३२औँ ‘ग्रीष्मकाली  न ओलम्पिक खेलकुदमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छन् । केही बेर अघि भएको खेलमा चौधरीले महिला १०० मिटर दौड मा खासै उल्लेख्य प्रदर्शन गर्न सकिनन् ।’

‘उनले निर्धारित दूरी १२ दशमलव ९१ सकेण्डमा पूरा गरिन् । नौ खेलाडी सम्मिलित सो समूहमा चौधरी आठौँ भइन्। उनले आफ्नै प्रदर्शनमा समेत सुधार गकिनन्   । यसअघि चौधरीले १०० मिटर दौड पूरा गर्न १२ दशमलव ५५ सकेण्ड खर्चिएको रेकर्ड छ ।’

‘चौधरीको खेल प्रदर्शनसँगै टोकियो ओलम्पिक मा नेपा  ली खेलाडीको प्रतिस्पर्धा सकिएको छ । नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए ।’

‘सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंहले यसअघि खेलिसकेका छन् ।’

‘चारै जना पराजित भई प्रतियोगिताबाट बाहिरिएकी छन् । परियारले महिला १० मिटर एयरराइफल, भट्टले महिला ४८ किलो तौल समूह,

‘शाहले १०० मिटर फ्रिस्टाइल तथा सिंहले १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका थिए। पौडीमा शाह र सिंह तथा सुटिङमा परियारले आ–आफ्नो खेलमा राष्ट्रिय कीर्ति मान बनाएकी थिइन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News