‘नवनियुक्त लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन ले कालिगण्डकी तिनाउ डाईभर्सनको विवाद सुल्झाउन सकिने र सुल्झाउनुपर्ने बताएका छन्।प्रदेश प्रमुखको रूपमा बुटवलमा पदबहाली गर्दै प्रदेश प्रमुख शेरचनले कालिगण्डकी तिनाउ डाईभर्सन लुम्बिनी प्रदेशको मात्र नभई देशकै आवश्यकता भएको उल्लेख गर्दै विकास आयो जनामा यो प्रदेश र त्यो प्रदेश भन्न नमिल्ने बताए।’

‘आफू गण्डकी प्रदेश प्रमुख रहेको बेलासमेत कालि गण्डकी तिनाउ डाईभर्सनबारे जानकार रहेको र त्यस    का लागि आफूले छलफल अगाडि बढाउने बताए। ‘कालिगण्डकीलाई तिनाउमा झार्दा तल्लो तटीय क्षेत्र      मा पानीको वहाव कम हुन..

‘नदिनेगरि उत्तरगंगाको नदीलाई डाईभर्सन गरेर पनि कालिगण्डकीमा ल्याउन सकिन्छ, त्यसो गर्दा तल्लो तटीय क्षेत्रमा नदिको वाहव धेरै कम हुन नदिएर डाईभर्सन गर्न सकिन्छ, यो विषय लाई सुल्झाउन सकिन्छ, सुल्झाउन पर्छ,’ उनले भने।’

‘प्रदेश प्रमुख शेरचनले नेपाल भित्र जहाँ विकास भए पनि त्यसको प्रतिफल नेपालीले नै पाउने भएकोले यो वा त्यो क्षेत्र भनेर विकास रोक्न नहुने बताए। ‘हाम्रो राष्ट्र नेपाल भएकै कारण हामी नेपाली हौं,

‘नेपाल भित्रको विकासमा यो, त्यो प्रदेश अथवा यो सिमाना, त्यो सिमाना भनेर विकास रोकिनु हुँदैन,’ उनले भने।प्रदेश प्रमुख शेरचनले कालि गण्डकी डाईभर्सनका विषयमा प्रदेशका राजनी तिक दलसँग सहकार्य गर्ने समेत प्रतिबद्धता जनाए।’

‘प्रदेश प्रमुख शेरचनले नेपाल प्राकृतिक र खनिजमा धनी भए पनि अन्तर्राष्ट्रिय कानुन नियम र विभिन्न सन्धि अभि सन्धिहरु यस्ता प्राकृतिक सम्पत्तिको सदुपयोगमा कहि न कहि बाधक बनेको दाबी गरे।

उनले अन्तर्राष्ट्रिय रुपमा गरिएका सन्धि र अभिसन्धिलाई नेपालको अनुकुल बनाएर सदुपयोग गर्न सक्नुपर्ने बताए।

‘नेपाललाई प्रकृतिले धनी बनाएको भए पनि नेपाललाई धनी बनाउन सकिएको छैन, पहाड र हिमाली क्षेत्र  मा तामा, फलाम र युरेनियम जस्ता धातुका सयौं खानी भए पनि सबै खानीहरु बन्द छन्, अब यस्ता खनिजबाट लाभ उठाउन सक्नुपर्छ,’ शेरचनले भने।

प्रदेश प्रमुख शेरचनले लुम्बिनी प्रदेशवासीका समस्या, यहाँ सञ्चालित विकास आयोजना तथा सम्भावनाबारे सामान्य जानकारी भए पनि ठोस रूपमा भने अध्ययन गर्न नपाए को बताए।

उनले नेपाल नेपालीको त्याग र बलिदानीका कारण अहिलेको संघीय व्यवस्था स्थापित भए पनि नेपालीको अवस्था सुधार हुन नसक्दा आफूलाई ग्लानी भईरहने बताए।

पहाड र तराईका गाउँगाउँमा बस्ने जनताको अवस्था सम्झिने हो भने मलाई यो कुर्चिमा बस्दा ग्लानी महसुस हुन्छ, उनले अगाडि भने– नेता, पार्टी, राज्य र सरकार देश र जनताको हक अधिकार सुनिश्चित गर्ने र उनीहरूको

जिवनस्तरलाई माथि उठाउन लाग्नुपर्ने हो, तर दुर्भाग्यवश लामो समयसम्म सामन्ती कालको सामना गर्दै नयां व्यव स्थाको रुपमा गणतन्त्र स्थापना भए पनि देश र जनताको जिवनस्तर माथि उठ्न सकेको छैन।’

उनले नेपालमा स्थापित नयाँ व्यवस्था नेपालको लागि मात्र नभई विश्वकै लागि उदाहरणीय रहे पनि त्यसलाई स्थापित गर्न नसकिएको बताए।

लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले पदबहाली गरेका छन्। गत मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी प्रदेशको तेस्रो प्रदेश प्रमुखको रूपमा शेरचनलाई नियुक्त गरेकी थिईन्।

शेरचनले शुक्रबार प्रदेश प्रमुख कार्यालयमा पदबहाली गरेका हुन्। पदवहाल गर्दै प्रदेश प्रमुख शेरचनले संविधा नभन्दा माथि कोही पनि नभएको र संविधान मिच्ने काम कहिकतैबाट हुन नहुने बताए।

उनले संविधानलाई आफू अनुकुल व्याख्या गर्ने र मिच्ने काम कतैबाट गर्न नहुने र आफूले पनि जिम्मेवारीमा रहँदासम्म संविधानभन्दा बाहिर गएर कुनै काम नगर्ने प्रतिवद्धता व्यक्त गरे।

यसअघि गण्डकी प्रदेश प्रमुखको जिम्मेवारी वहन गरिसकेका शेरचनले लुम्बिनी प्रदेश प्रमुखको रूपमा साझा सहमती र सहकार्यका साथ अगाडि बढ्ने समेत बताए। उनले कुनै पनि विवाद उत्पन्न हुने किसिमले आफूले काम नगर्ने र शान्ति र संवैधानिक तरिकाले प्रदेश चलाउने प्रतिवद्धता जनाए।

उनले गण्डकी प्रदेश प्रमुख रहँदा र हटाईदाको अवस्था  बारे स्मरण गर्दै अहिले फेरि देशको आवश्यकताले आफू लुम्बिनी प्रदेश आएको बताए। शेरचनले नेपालमा नयाँ प्रयोगको रुपमा संघीय व्यवस्था लागू गरिएको उल्लेख गर्दै तिनै तहका सरकारको सहकार्य र एकताले नै संघीयता कार्यान्वयनमा सफलता मिल्ने बताए।

‘शुक्रबार बिहान मात्रै काठमाडौंबाट रूपन्देही आएका शेरचनलाई प्रदेश प्रमुख कार्यालयका कर्मचारीहरुले पुष्प गुच्छाले स्वागत गरेका थिए।

‘२०७६ कात्तिक १८ गते केपी ओली नेतृत्वको सरकारले प्रदेश प्रमुखमा नियुक्त गरेका धर्मनाथ यादवलाई शेरब हादुर देउवा सरकारले गत मंगलबार पदमुक्त गरि शेरच नलाई नियुक्त गरेको थियो।’

‘त्यसअघि २०७४ साल माघ ७ गते पहिलो लुम्बिनी प्रदेश प्रमुखको रुपमा नियुक्त भएका उमाकान्त झालाई केपी ओली नेतृत्वको सरकारले पदमुक्त गरि यादवलाई नियुक्त गरेको थियो। त्यतिबेला नै गण्डकी प्रदेश प्रमुख रहेका शेरचन हटाएर सीता कुमारी पौडेललाई नियुक्त गरिएको थियो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News