‘काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव समूहले पाए पछि अर्का अध्यक्ष महन्थ ठाकुर अन्यायमा परेको भन्दै सर्वोच्च अदालत पुनः गएका छन् ।’

‘यसअघि पनि पार्टी आधिकारिकता लागि ‘हेड काउन्ट’ गर्न निर्वाचन आयोगले बोलाउँदा सर्वाेच्च गएका उनी आधिकारिकता विवाद टुंगेपछि पनि शुक्रबार सर्वाेच्च अदालत पुगेकाहुन् ।’

‘सर्वाेच्चमा दर्ता भएको रिटमा यादव पक्षलाई आयोगले दिएको आधिकारिता र आफ्नो समूहलाई नयाँ दल दर्ता गर्न दिने भनिएको निर्णय बदर गर्न माग गरिएको छ ।’

‘सर्वाेच्चमा निर्वाचन आयोग लगायतलाई विपक्षी बनाएर दायर गरिएको रिट शुक्रबार न्यायाधीश द्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडाल को संयुक्त इजलास   ले लगाउमा राखी पेस गर्ने आदेश दिएको छ । पेशी आइत बारका लागि तोकिएको छ ।’

‘साउन ११ मा आयोगले जसपा कार्यकारिणी समितिको हेडकाउन्ट गर्दा यादव समूहले पार्टीको आधिकारिकता पाएको थियो ।

‘५१ सदस्यीय रहेको जसपामा हेड काउन्टका क्रममा निलम्बित सांसद रेशम चौधरी चटस्थ बस्दा यादव समूहको पक्षमा ३४ र ठाकुर समूहमा १६ सदस्यले हस्ताक्षर गरेका थिए ।

यादव समूहलाई आधिकारिकता दिइएपछि प्रचलित कानुन अनुसार ठाकुर समूहले नयाँ दल दर्ता गर्न सक्ने आयोगले भनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News