काठमाडौं। नेपाली विद्यार्थीले बनाएको छोटो दुरीको सुपरसोनिक रकेटको परीक्षण सफल भएको छ।ध्वनीको भन्दा तिब्र गतिलाई सुपरसोनिक गति भनिन्छ।

सोही गतिमा उड्ने रकेटको विहीबार काठमाडौं मा सफल परीक्षण गरिएको हो। राष्ट्रिय आवि ष्कार केन्द्रका लागि इन्जिनियरिङका विद्यार्थी हरुले बनाएको ‘क्वान्टम’ नाम दिइएको सो रकेट थानकोटस्थित नेपाली सेनाको फायरिङ स्टेसनमा परीक्षण गरिएको हो।

रकेट २.१ किलोमिटर माथिसम्म पुगेको थियो। पाँचौं पटकको प्रयासमा रकेटको सफल परीक्षण गरिएको रकेट निर्माण टोलीका एक इन्जिनियर ले बताएका छन् ।

सुपरसोनिक यो रकेट प्रक्षेपणको क्रममा ८७८ मिटर प्रति सेकेन्डको गतिमा उडेको थियो । ६.१ फिट लम्बाइ रहेको रकेटको तौल ९ किलो छ। रकेटमा पोटासियम नाइट्रेट र टेबल सुगर सोलिड इन्धनको रुपमा प्रयोग गरिएको छ।

उनीहरु काठमाडौं विश्वविद्यालय, थापाथली इन्जिनियरिङ क्‍याम्प‌स, काठमाडौं इन्जिनिय रिङ कलेज, अक्सफोर्ड इन्जिनियरिङ कलेज र कलेज अफ इन्फरमेसन टेक्नोलो जी एन्ड इन्जि नियरिङमा पनि आबद्ध छन् ।

रकेटलाई थप विकासित गर्दै लैजाने योजना आफूहरु को रहेको मोहन तामाङ बताउँछन् । यसअघि नेपाली विद्यार्थी हरुले बनाएकाे गरुडा रकेट भने परीक्षण असफल भएकाे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News