युरोपमा बस्दै आउनु भएका समाजसेवी एन आर एन ए लक्जेम्बर्गमहिला फोरमकि महिला संयोजक दुर्गा केसी थापाको टिमले एक मुष्ट सहयोग रकम पठाएको थियो।

नेपाली युवाहरुलाई आफ्नै देशमा रोजगार ब्यबस्थापन होस् भन्दै उक्त सस्थाले महाबिर पुन द्वारा संचालित आविष्कार केन्द्रको लागि यति ठुलो रकम सहयोग गरेको समेत थापाले बताएकी छिन।

थापाको अनुसार उक्त ठाउँमा नेपाली सस्कृतिलाइ प्रस्तुत गरेर सहयोग उठाउदै महाबिर पुनलाई पठाएको समेत खुलेको छ।दुर्गा थापाको टिमले यस अगाडी पनि धेरै ठाउँहरुमा सहयोग गर्दै आकी छिन।

लालीगुराँस डटकम समेत उक्त अभियानमा जोडिएको थियो।सोहि क्रममा बसन्त थापाले आफुले महाबिर पुनले संचालन गर्ने आविष्कार केन्द्रमा आएर सहयोग हस्तान्तर ण गर्न पाउदा खुसि रहेको समेत बताएका छन।

थापाको टिमले अर्को सस्था हप्सालाइ पनि सहयोग पठाएको छ।एन आर एन ए महिला फोरम बाट १ लाख र एन आर एन ए एन सिसि बाट ५० हजार गरि १ लाख ५० हजार छुट्टै संस्थालाई सहयोग पठाएको छ।

सहयोगी टिमलाइ हार्दिक धन्यवाद दिदै पुनले भने ‘सहयोग सधै सहि ठाउँमा प्रयोग गरि नया युवाहरुलाई नेपालमै रोजगारी दिने वातावरण मिलाउने समेत बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News