साउन १५ को अवसरमा नेकपा एमालेको केपी ओली समूहले पार्टी कार्यालयमा खीर खाने कार्यक्रम गर्‍यो । शुक्रबार दिउँसो पार्टी कार्या लय थापाथलीमा गरिएको कार्यक्रममा वरिष्ठ नेता माधव नेपाल समूहका कुनै पनि नेता कार्य कर्ता देखिएनन् ।

झन्डै आधा घण्टा चलेको खीर खाने कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, पूर्व मन्त्री लालबाबु पण्डित, कृष्ण गोपाल श्रेष्ठ, भानुभक्त ढकाल लगायतका नेताहरु पुगेका थिए ।

खीर खाँदै केही नेताहरुले माधव नेपाललाई सम्झिएका थिए । एमालेको खीर खाने कार्यक्रमको मेनुमा खीर र आलुको तरकारी रहेको थियो ।

कार्यक्रमलाई महासचिव पोखरेलले सम्बोधन गर्दै साउन १५ का अवसरमा बधाई तथा शुभ कामना दिए ।

उनले पार्टी एकताका लागि अधिकतम प्रयास गरिरहेको र अधिकतम प्रयासलाई अनन्तकाल सम्म लान नहुने बताए ।

उनले देशभरका कार्यकर्ताले पार्टीलाई अनिश्चय को बाटोमा नलगी एउटा टुङ्गोमा पु¥याउन आ’ग्रह गरेको सञ्चार’कर्मीलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News