काठमाडौं ।  नेपाली  कांग्रेसले  दार्चुलामा भारतीय एसएस बीका ज’वा’नले  तुइन  का’ट्दा    नेपाली यु’वा  महाकाली नदीमा  बे’प’त्ता  भएको  घ’ट’नाप्रति  गम्भीर  ध्यानाकर्षण भएको जनाएको छ  ।प्रवक्ता  विश्वप्रकाश  शर्माले शुक्रबार विज्ञप्ती जारी गरी न’दी  तर्ने  क्रममा  तुइन का’टि’दिएपछि

३५ वर्षीय  जयसिंह  धामी न’दीमा ख’सेर  बे’प’त्ता भएको घ’ट’ना अत्यन्तै  दुःखद मात्रै नभएर अ’मा’नवीय र अत्यन्तै आ’प’त्ति’जनक  रहेको जनाएका   छन्  ।दार्चुलाको व्यास गाउँपालिका  बाट  भारत  उत्तराखण्ड  राज्यको पांगल हुँदै खलंगा आउँदै  गर्दा  तुइनबाट  महाकाली  नदी तर्ने क्रममा जयसिंह धामी नदीमा बे’प’त्ता भएका थिए ।

जारी  विज्ञप्तीमार्फत्  प्रवक्ता   शर्माले   घ’ट’नाको  सम्पूर्ण वास्तविकता  सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई  रा’हत  दिन÷दिलाउन   सरकारसँग   माग गरेका छन् ।जारी विज्ञप्तीमा भनिएको छ,

‘आफ्नो  नागरिकको जी’वन  सु’रक्षा  गर्ने दायित्व बोकेको सरकारले   यसलाई    अत्यन्तै     गम्भीरतापूर्वक     लिएर आवश्यक गम्भीर पहलकदमी गर्ने विश्वास लिएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News