काठमाडौं ।  नेकपा   माओवादी   केन्द्रकी  प्रदेश   सांसद विमला खत्री वली  सम्पर्कविहीन बनेकी छन् । उनी ३ दिन देखि नै पार्टीको  सम्पर्कबाहिर  रहेको  माओवादी   केन्द्रले जनाएको छ ।  उपनिर्वाचनमा दाङबाट उनी लुम्बिनी प्रदेश सभाका  लागि निर्वाचित  भएकी थिइन् । नेकपा रहँदै उनी निर्वाचित

भएको  र  पछि  पार्टी   वि’भाजित’ हुँदा  माओवादी  केन्द्र रोजेकी सांसद हुन् ।उनी अहिले नेकपा एमाले प्रवेश गरेको हुनसक्ने  अनुमान गरिएको छ । किनकी लुम्बिनी प्रदेशका मुख्यमन्त्री  शंकर  पोखरेलले  विश्वासको  मत लिने तयारी गरिरहेकाछन् । सोही प्रयोजनका लागि एमालेले

सांसद  वलीलाई  प्रलोभन  देखाएर  सम्पर्क बाहिर लगेको हुनसक्ने माओवादी केन्द्रको अनुमान रहेको छ अल्पमतमा परेको लुम्बिनी  प्रदेश  सरकारले  उनलाई एमालेमा लगेको हुनसक्छ । उहाँ द’बाब र प्रलोभनमा पर्नुभएको हुन सक्छ हामी उहाँलाई निरन्तर सम्पर्कमा ल्याउने

कोशिस  गरिरहेका  छौँ’ – माओवादी  केन्द्रका एक नेताले भने ।माओवादी  केन्द्रको  प्रदेश  संसदीय   दलको   वैठक शनिबार आज  नै बस्दै छ सांसद वलीलाई बैठकमा सहभा गी  हुन  सम्पर्क  गर्दा  उनी   सम्र्कमा न आएको ती नेताले बताए  ।जसपाले  ३  प्रदेश  सांसदलाई का’र’वाही गरेपछि लुम्बिनीका मुख्यमन्त्री अल्पमतमा रहेका छन् ।

सांसद  वलीले  मुख्यमन्त्रीलाई साथ दिए पनि बहुमत पुग्ने अवस्था  भने छैन । उता  एमालेले  भने  सांसद ओलीलाई आफ्नो सांसद भएको दावी गर्दै आएको छ । तर उनले गत बैशाखमा  माओवादी  केन्द्र   प्रवेश  गरेको  घोषणा गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News