सांसद पद खारेज भएका लुम्बिनी प्रदेशका तीन मन्त्री सर्वोच्च अदालत जाने भएका छन् । लुम्बिनी प्रदेशसभाले शुक्रबार सांसद पद खारेज गरेका जनता समाजवादी पार्टी (जसपा) का तीन मन्त्रीहरु सन्तोषकुमार पाण्डेय, विजय कुमार यादव र कल्पना पाण्डेय आफ्नो पद यथावत हुनु पर्ने जिकिर गर्दै सर्वोच्च अदालत जाने तयारीमा जुटेका हुन् ।

शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा सहभागी भएको भन्दै जसपाले उनीहरुलाई कारवाहीका लागि प्रदेशसभामा सिफारिस गरेको थियो । सोही आधारमा शुक्रबार प्रदेश सभाले तीनै जनाको पद खारेज भएको सूचना प्रकाशित गरेको थियो

मन्त्री सन्तोष पाण्डेयले यसअघि गरिएको कारबाहीको मुद्धा सर्वोच्चमा विचाराधीन रहँदारहँदै फेरि प्रदेशसभाले पद खारेज भएको भन्दै सूचना निकाल्नु कानुनविपरीत भएको भन्दै आफुहरु सर्वोच्च जाने तयारीमा रहेको बताए ।

उनले भने, ‘विचाराधीन मु’द्धामा उपेन्द्र र सभामुखलाई पनि विपक्षी बनाइएको छ । त्यही विपक्षीले फेरि पद खा`रेज गरेको कसरी मान्य हुन्छ । त्यसैले हामी सर्वोच्च जानको लागि बाटोमा छौ ।’

उनले अ’न्तिम फैसला नआउन्जेल गरिएको कारवाही अवैधानिक रहने भएकाले सांसद पद थमौतीका लागि अदालत जान लागिएको बताए । यसअघि बैशाख १६ गते सुमन शर्मासहित चार सांसदलाई पद मुक्त गरिदिएपछि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै उनीहरुको पद थमौती गरिदिएको थियो । सोही मुद्दामा उनीहरुलाई सर्वोच्च अदालतले भदौ १७ गतेको बोलाएको छ ।

तर, अन्तिम फैसला आउनुअघि नै पाटीले तीन सांसदलाई कारवाही गरेको छ । मन्त्री पाण्डेयले सभामुखले सत्ता टिकाउनका लागि विचाराधीन मुद्दा छँ’दाछँदै अर्को निर्णय गरेर अदा’लतको मान हानी गरेको बताए ।

उनले प्रदेशसभा सचिवालय, पार्टीको केन्द्रीय कमिटी तथा प्रदेश निर्वाचन आयोगलाई विपक्षी बनाई संयुक्त रुपमा रिट दा’यर गर्न लागिएको बताए । लु’म्बिनी प्रदेशमा जस पाका ६ सांसद मध्ये ४ जना सरकार र ३ जना विपक्षी ग’ठबन्ध’नतिर लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News