काठमाडौं । शनिबार   बस्ने   भनिएको  नेकपा  एमालेको स्थायी कमिटी बैठक स्थगित गरिएको छ । विघटित एकता कार्यदल बैठकले  तत्काल  कमिटीको बैठक नबस्न आग्रह गरेसँगै आइतबार  बस्नेगरी कमिटीको बैठक स्थगित गरिए को बताइएको छ ।अध्यक्ष केपी शर्मा ओलीले शनिबार

अपरान्ह  ३ बजेका लागि कमिटीको बैठक बोलाएका थिए पार्टी एकताको कुरा  अघि  बढिरहेको अवस्थामा थप क्षति पुग्ने भन्दै कार्यदलका सदस्यहरुले कमिटीको बैठक स्थगन गर्न  अध्यक्ष  ओलीलाई. सुझाव  दिएका   थिए ।उपाध्यक्ष भीम रावल लगायतका

नेताहरूले  पार्टी   एकताको   आश  अझैँ  रहेको  भनेपछि अध्यक्ष  ओलीले  बैठक आइतबार ३ बजेसम्मलाई स्थगित गरेको बताइएको छ । शनिबार अनौपचारीक बसेको बैठक ले आइतबार  दिउँसोसम्म  पार्टीमा   आउन   भनि   माधव नेपाललाई  पर्खने  तर , त्यतिन्जेलसम्म पनि नआए नेपाल लाई नपर्खने निर्णय भएको बताइएको छ ।

यो पनि,,जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र  यादव  सर्वसम्मत  चयन भएका छन् ।उपेन्द्र यादव पक्षले  पार्टीको  आधिकारिकता  पाएपछि  शनिबार बसेको संसदीय  दलको बैठकले अध्यक्ष यादवलाई दलको नेता चयन गरेको हो ।

अध्यक्ष  यादवलाई  संघीय  परिषद्  अध्यक्ष  डा.   बाबुराम भट्टराईले दलको नेता  प्रस्ताव  गरेका थिए, भने महेन्द्र राय यादवले  समर्थन  गरेका  छन्  । उक्त  बैठकमा   २१  जना सांसद उपस्थित भएका थिए ।साभार : news24

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News